मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार थपिए १२०१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु

शनिबार थपिए १२०१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार १७६ जनाको पिसिआर परीक्षणका क्रममा १२०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५३ हजार २२० पुगेको छ । जसमा १५ हजार २६० जना सक्रिय संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं उपत्यकामा थप ४३१ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ११ हजार १३९ पुगेको छ । जसमा काठमाडौँमा कुल ९१०३, ललितपुरमा ११२९ र भक्तपुरमा ९०७ जना रहेका छन् ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३३६ पुगेको छ ।

त्यस्तै, शनिबार एकैदिन कोरोना संक्रमण निको भई ८५२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । जुन कुल संक्रमितको ७०.६ प्रतिशत हो ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ८ लाख ३१ हजार ३६१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ३५४ जना क्वारेन्टाइनमा र १५ हजार २६० जना आइसोलेसनमा रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना र होम आइसोसनमा ६ हजार १५३ जना रहेका छन् । जसमध्ये २४ जनाको भेन्टिलेटरमा र १६० जनाको आइसियूमा उपचार भइरहेको छ ।