मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार उपत्यकाभित्र ५७२ सहित संक्रमितको संख्या दस हजार नाघ्यो

बिहीबार उपत्यकाभित्र ५७२ सहित संक्रमितको संख्या दस हजार नाघ्यो


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । केन्द्रीय राजधानी काठमाडौँ उपत्यकामा बिहीबार ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

जसमा काठमाडौँका ४९५, ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १० हजार १२ पुगेको छ ।  

जसमा काठमाडौँमा कुल ८१०६, ललितपुरमा १०५४ र भक्तपुरमा ८५२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैबीच, पछिल्लो २४ घन्टामा काठमाडौँमा तीन जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा काठमाडौँका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय पुरुष रहेका छन् । बिहीबारसम्म देशभर संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।  

जसमा बिहीबार १८१८ सहित ३५ हजार ७०० जना निको भई घर फर्किएका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो । 

शेयर गर्नुहोस:

324
Shares