मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि, एकैदिन ११ जनाको मृत्यु

मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि, एकैदिन ११ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३७५ जनाको पिसिआर परीक्षणका क्रममा १४५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । जसमा १५ हजार ७७९ जना सक्रिय संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौँ उपत्यकामा थप ६७६ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ५५५, ललितपुरका ८६ र भक्तपुरका ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १२ हजार ९२४ पुगेको छ । जसमा काठमाडौँमा कुल १० हजार ९८, ललितपुरमा १ हजार ३३९ र भक्तपुरमा १ हजार ४ जना रहेका छन् ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३७१ पुगेको छ ।

त्यस्तै, मंगलबार एकैदिन कोरोना संक्रमण निको भई १०६२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । जुन कुल संक्रमितको ७१.५५ प्रतिशत हो ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ८ लाख ६१ हजार ७८० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार २५० जना क्वारेन्टाइनमा र १५ हजार ७७९ जना आइसोलेसनमा रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना र होम आइसोलेसनमा ७ हजार ६४० जना रहेका छन् । जसमध्ये २८ जनाको भेन्टिलेटरमा र १७४ जनाको आइसियूमा उपचार भइरहेको छ ।