विचार / ब्लग

मुलाको अचारमा एनआरएनको भोट ब्यापार

- पवन शर्मा

प्रकाशित |
पवन शर्मा
तिबेला एनआरएन अमेरिकामा चुनावी माहोल बढेको छ । नक्कली सदस्यता देखि २० डलरको भोट प्रलोभनका समाचारहरु हामीले देख्दै सुन्दै आईरहेका छौँ । म बस्ने क्यालिफोर्निया राज्यमा पनि चुनाव खुबै गज्जबसँग लागेको छ । हुनत क्यालिफोर्नियामा हामी जस्ता युवाहरुलाई अगाडी बढ्न नदिने तर मुखले युवाहरु लिडरशिपमा आउनुपर्छ भनेर प्रचारबाजी गर्नेहरु धेरै छन् । कुनै पनि संघ-संस्था द्रुत गतिमा दौडिनुमा युबा पङ्तिको ठुलो भूमिका हुन्छ, युवाहरुलाई पछीमात्र लगाउने तर नेतृत्व चयनमा अगाडी आउन नदिने परिपाटी एनआरएन जस्तो ठुलो सँस्थामा रोकिनु पर्छ ।  
 
स्वस्फुर्त रुपमा भोट हाल्न सबैलाई प्रेरित गर्न सके मात्रै एन आरएनको औचित्य बढ्छ । पछिल्लो समयमा बिभिन्न प्रलोभन देखाएर भोटमाग्ने हरुको बिगबिगी बढेको छ । चाहे त्यो आफैँले पैसा तिरेर सदस्यता नबिकरण गरिदिने होस्, या भोज भत्तेर गरेर मान्छे जम्मा पारेर होस् । सबैले आ-आफ्नो शैलीमा भोट मागिरहेका छन् । म बस्ने क्यालिफोर्नियामा भने आजकाल अचार र मास्क आतंक बढेको छ । एनआरएन क्यालिफोर्निया च्याप्टरमा भोट किन-बेच गर्ने नयाँ निन्जा टेकनिक सुरु भएको छ । 
एनआरन कार्ड देखाएर अचार फ्रीमा भनेर फेसबुकको भित्ताहरु रङिन सुरु भएको छ । नेपालमा रक्सी र मासुमा भोट किनबेच हुन्छ भन्ने सुनेका थियो । तर अमेरिकामा रहेका शिक्षित नेपालीहरू माथिनै बद्नामी  हुने गरि गरियको यस्तो किनबेचले म पनि यही समाजमा हुर्किदैछु भन्नसमेत लज्जित बनाएको छ । 
 तस्बिर : समाजिक संजाल
तस्बिर : समाजिक संजाल
 
जबसम्म हामिले कामको आधारमा नेतृत्व चयन गर्ने आधार हुँदैन तब सम्म जति नै ठुलो संस्था भएपनी त्यसको औचित्य रहँदैन । आखिर लोभ र प्रलोभनको राजनिती कहिलेसम्म ?  गैर आवासीय नेपालिहरुलाई सहयोग होस भनेर खोलिएको संस्थामा नेपाली नेपालीनै लडेर गरिने राजनितिबाट हामी जस्ता युवाहरुले के सिक्ने ? समाजसेवानै गर्नेहो भने जुँगाको लडांई गरेर के फाईदा ? अब यी याबत प्रश्नहरुको उत्तर खोज्ने बेला आएको छ । हामी जस्ता युवाहरुले नेतृत्व लाई घचघचाउने बेला आएको छ । 
 
हार जित डेमोक्रेसिको सामन्य नियम हो, तर 'हेल्दी उईनिङ' डेमोक्रेसीमा सबैभन्दा ठुलो कुरा हो, लालच र प्रलोभनको पछी नलागौँ । हाम्रालाई होइन राम्रालाई अगाडी जाने अबसर दिउँ । पैसा र राजनिती गर्न जानेकालाई होईन, स्वछ सेवा गर्ने मनोभाव भएका हरुलाई लिडर बनाउँ ।  
 
हुनत एनआरएन अमेरिकामा  बिबादै विवाद आईरहन्छ । पछिल्ला बर्षहरुमा मनशान्तिका लागि अमेरिकाको अदालतको ढोका सम्म पुगेको यो संस्थामा धेरै सुधार गर्नुपर्ने कुराहरु छन् । फेरि पनि यस्तो अवस्था आउन नदिन हामीले राम्रो उमेद्द्वार चएन गरेर भोट हाल्न जरुरी छ । कम्प्युटरका भोटले होईन न्यानो जनमायाको भोटले जबदेखी लिडरहरु जन्मिन्छ तब देखी हामिले पनि निर्धक्क सँग  एनआरएन हुनुमा गर्ब गर्न पाउँछौँ । 
 
अत: हार जित डेमोक्रेसिको सामन्य नियम हो । तर बिभिन्न प्रलोभन देखाएर भोट माग्नु आफैमा लाचारपनको पराकष्टा हो । अशा छ क्यालिफोर्नियाका लिडरहरुले यो कुरा बुझ्नेछन् ।  अचार खाएर भोट हाल्नु भन्दा पनि बिचार बुझेर भोट हाल्दा उत्तम होला !
हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया