मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा ६७ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

भारतमा ६७ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार सङ्क्रमणमुक्त हुनेको यो दर अहिलेसम्मकै उच्च हो ।
 
भारतमा अहिलेसम्म १३ लाख ५१ हजार ९८७ कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये पछिल्लो २४ घन्टामा ४६ हजार १२१ जना सङ्क्रणमुक्त भएका हुन् । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ९६ हजार ४७८ पुगेको छ । 
 
सङ्क्रमित भएका र सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा पछिल्लो समयमा ठूलो अन्तर देखिँदै गएको अधिकारीहरुले जनाएका छन् ।
 
भारतमा अहिलेसम्म कुल सङ्क्रमितमध्ये १३ लाख ५१ हजार ९८७ जना निको भइनसकेको देखिन्छ तर अहिले पनि सङ्क्रमित अवस्थामा रहेका बिरामीको सङ्ख्या ६ लाख ३ हजार ३९३ रहेको छ । भारतमा बिहीबारसम्म ४१ हजार ९८ सङ्क्रमितको मृत्यु भइसकेको छ । 
 
अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ३०।३१ प्रतिशत मात्रै हो । जब कि यो सङ्ख्या यसअघि योभन्दा सामान्य धेरै रहँदै आएको अधिकारीहरुको भनाइ छ । 
 
उनीहरुले कुल मृतकको अनुपात पनि अन्य देशको तुलनामा भारतमा कम भएको दाबी गरेका छन् । भारतमा अहिले कुल सङ्क्रमितमध्ये २।०७ प्रतिशतको मात्रै मृत्यु हुने गरेको पाइएको छ । 
 
विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभरीको कुल सङ्ख्याको आधारमा हेर्दा भारतको अवस्था सुधारोन्मुख नै देखिएको जनाएको छ । भारतमा पछिल्लो २४ घन्टामा ५६ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ९१९ जनाको मृत्यु भएको छ । एएनआई