मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संकटको समयमा सारथि बनेकी हिरा पाण्डेलाई ‘कोभिड–१९ अवार्ड’

संकटको समयमा सारथि बनेकी हिरा पाण्डेलाई ‘कोभिड–१९ अवार्ड’


काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको संकटको समयमा काठमाडौँकी हिरा पाण्डे समस्यामा परेका हजारौँ मानिसको पीडामा साथ र सहयोग प्रदान गर्ने एक सामाजिक अभियन्ता हुन् । 
 
पवित्र उद्देश्यका साथ दिनरात नभनीकन अनेक व्यक्तिहरुसँग सहयोग जुटाउँदै कोरोनाको महामारीबाट समस्यामा परेकाहरुलाई दैनिकरुपमा खाद्य सामग्री उपलब्ध गराउँदै आएकी छन् । अभाव र पीडामा परेका पाँचहजारभन्दा बढी मानिसहरुलाई अहिलेको विषम परिस्थितिमा राहत वितरण गर्दै आएकी छन् । 
 
उनी चार महिना लामो लकडाउनको अवधिमा मात्र होइन, अहिले पनि दैनिकरुपमा राहत वितरणमा संलग्न छिन् । धार्मिक र मानवीय भावना बोकेर हिँडेकी समाजसेवी पाण्डेले आफूले सकेको सहयोग प्रदान गर्दै आएकी छन् । आफूले जुटाएको सहयोग भगवानको नाम उच्चारण गर्दै भगवानको प्रसादको रुपमा गरिब, दुःखीका लागि अहोरात्र सेवा गर्न तल्लीन रहेकी छन् । 
 
आफूनो निजी कामको लोभ र मोह छाडेर भगवानले दिएको मानिसको चोलामा मानिसहरुको कल्याणका लागि सहयोग गर्न पाएकोमा उनी निकै खुसी छन् । कोरोना महामारीबाट बच्न मानिसहरु घरमै बसेर ज्यान जोगाइरहेको अवस्थामा उनी भने संकटको घडीमा कोरोनासँग जुध्दै हरेक दिन आफूले सकेको र आफूले जुटाएको सहयोग दुःखी गरिबको लागि उनले बाँड्दै आइरहेकी छन् । 
 
उनले अझै पनि आफूले चाहेजस्तो सहयोग गर्न नसकेको बताउँछिन् । उनको सामाजिक योगदानको कदर गर्दै गन्तव्य नेपालले आयोजना गरेको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘कोरोना हिरो अवार्ड’ प्रदान गरेका थिए । 
 
सो अवार्डले आफूलाई अझै मानवीय सहयोग र समाजसेवामा लाग्न थप ऊर्जा प्राप्त भएको उनको भनाइ छ । जस्तोसुकै महामारी आए पनि सहयोग गर्न नछाड्ने प्रतिबद्धता पनि सामाजिक अभियन्ता हिरा पाण्डेले गरेकी छन् ।