मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा तिव्र गतिमा सि-स्टोर विस्तार गर्ने १०० भित्र नेपालीको कम्पनी

अमेरिकामा तिव्र गतिमा सि-स्टोर विस्तार गर्ने १०० भित्र नेपालीको कम्पनी


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा कन्भिनियन्स स्टोर (सि-स्टोर) तिव्र गतिमा विस्तार गर्ने कम्पनी मध्येमा  नेपालीद्वारा संचालित कुईक ट्रयाक टप १०० भित्र पर्न सफल भएको छ ।
 
सी स्टोर म्यागोजिनले मंगलवार सार्वजनिक गरेको तथ्यांक अनुसार कुईक ट्रयाकले सि-स्टोर संचालनमा अमेरिकाका टप ७२ मा परेको हो । कुईक ट्रयाक ९२ स्थान माथि चढ्दै टप १०० भित्र आएको छ ।
 
कुईक ट्रयाक तिव्र गतिमा व्यवसाय विस्तार गर्ने समुहमा भने उच्च स्थान लिएको छ ।
 
अमेरिकामा सी स्टोर वारेमा केन्द्रित रही समाचार दिने सीएसपी डेलीन्यूजले वुधवार सार्वजनिक गरेको अर्को सुचीमा पनि कुईक ट्रयाक टप २०२ सि स्टोर मध्ये ८२ नम्वरमा परेको छ ।
 
२००४ को अक्टोबरमा स्थापना भएको कुईक ट्रयाकका टेक्सस, एरकान्सस र न्यूमेक्सिकोमा ८० वटा स्टार भएको उक्त डेलीन्यूजले जनाएको छ । कुईक ट्रयाक्सको मुख्य कार्यालय बेडफोर्ड टेक्ससमा छ ।
 
अमेरिकामा सी स्टोर संचालन गर्ने मध्ये हाम्रो समुह टप १०० भित्र पर्नुले हामी निकै उत्साहित भएका छौं कुईक ट्रयाकका प्रमुख पासाङ्ग लामाले भने । अमेरिकाका सी स्टोर मध्येमा हामी यसरी टप १०० मा पर्नुमा राम्रो टिम भित्रको मजबुत विश्वास र कडा मेहिनत हो पासाङ्गले भने , अहिले हाम्रो व्यवस्थानमा ८० वटा स्टोर संचालित छन् । यसवाहेक हामीसंग संलग्न अन्य स्टोरपनि जोड्दा यो संख्या १०० भन्दा वढी हुन्छ ।
 
टिम भित्र विश्वास र मिलेर काम गर्न सकेकाले नै हामी सफल हुदैं गएका छौं पासांगले भने ।
 
अमेरिकामा सि-स्टोरमा तेल अर्थात ग्यांस र अन्य उपभोग्य र विविध समाग्री विक्री गरिन्छ । जताततै भेटिने र सजिलै उपभोग्य लगायतका बस्तु किन्न सकिने भएकाले यसलाई सचिलो अर्थात सि-स्टोर भनिएको हो ।
 
विद्यार्थीका रुपमा अमेरिका आएका पासाङ्गले यही कमाएर व्यवसाय विस्तार गरेका हुन् । उनको कुईक ट्रयाकमा अहिले करिव एक हजारले रोजगारी पाएका छन् । विद्यार्थीका रुपमा हुदां पासाङ्गले पनि सि-स्टोरमै घण्टाका दरले पारिश्रमिक पाउने गरी काम गरेका थिए । पछि आफैं व्यवसायमा संलग्न भएका हुन् ।
 
पासाङ्गका अनुसार कुईक ट्रयाकको वार्षिक कारोवार झण्डै २०० मिलियन अमेरिकी डलर बरावरको छ । हिमालयखवरले दुई बर्ष अघिनै पासाङ्ग अमेरिकामा व्यवसाय गर्ने मध्ये सवैभन्दा वढी रकमको कारोवार गर्ने कम्पनीका प्रमुख हुन भन्ने सार्वजनिक गरेको थियो ।
 
सि-स्टोर मध्येको उक्त सुचीमा पहिलो १० टेनमा ७ इलेभेन, केसी जनरल स्टोर, इजी अमेरिका, मर्फी  यूएसए, जीएम, विपी क्यूटी, पाइलट जस्ता कम्पनी परेका छन् ।
 
मेरो उद्देश्यले पहिलो नम्बरमै पर्ने हो पासाङ्गले भने अर्को बर्ष तपाईले हामी अझ छलागं मारेको देख्नुहुने छ । कुईक ट्रयाक्सले सन् २०१९ मा व्यापक रुपमा व्यवसाय विस्तार गरेको थियो ।
 
कुईक ट्रयाक अमेरिकामा तेलको होलसेल गर्ने कम्पनी पनि हो । यसवाहेक हामीसंग आफ्नै इन्सुरेन्स, कन्ट्रक्सन कम्पनी पनि छ पासाङ्गले भने । स्टोरको मर्मत संभार देखि त्यसलाई नयां वनाउने सम्मका काम हामी आफ्नै कम्पनी मार्फत गर्छौ पासाङ्गले भने इन्सुरेन्स पनि आफ्नै कम्पनी मार्फत हुन्छ ।
 
पासाङ्गले नेपालमा पनि होटलमा लगानी गरेका छन् । नेपालमा भन्दा अमेरिकामै व्यवसायमा लगानी गर्न सजिलो छ पासाङ्गले भने , तर, नेपालमा लगानी गर्दा दुख्ख गर्नु परेकाले होला यहां हामीलाई सजिलो लाग्छ  ।
 
पासाङ्गको काठमाडौ बौद्धमा होटल छ । यसवाहेक दक्षिणकालीमा पनि होटल निर्माणधिन छ । कास्कीको धम्पुसमा पनि होटल वनाउने योजना उनले वनाएका छन् । यसको कार्य अघि वढीरहेको उनले वताए ।