मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना संक्रमणबाट नेपालमा एकैदिन पाँचसहित ६३ जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा एकैदिन पाँचसहित ६३ जनाको मृत्यु


काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण वृद्धि भएसँगै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् । 
 
मृत्यु हुनेमा पर्सा वीरगन्जकी १८ वर्षकी युवती रहेकी छन् । यस्तै, वीरगन्ज ११ बस्‍ने ४६ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषको नारायणी उपक्षेत्रीय अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
 
यसैगरी, मोरङको कोशी अस्पताल, विराटनगरस्थित आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य मन्त्रालयले पुष्टि नगरे पनि कोशी अस्पताल विराटनगरका मेडिकल प्रशासनले बुधबार दिउँसो मृतक दुवैको रिपोर्ट पोजेटिभ आएको जनाएको हो ।
 
यस्तै, सर्लाही–६ मलंगवाकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको बुधबार सशस्त्र प्रहरी अस्पताल, काठमाडौँमा मृत्यु भएको छ । मनमोहन मेमोरियल अस्पतालबाट बलम्बु रिफर गरिएकी ती महिलामा साउन १९ गते संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र स्क्रब टाइफसको समेत समस्या रहेको बताइएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।