मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो


जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख ४ हजार ३४९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले बुधबार जानकारी दिएको छ । सो संगठनकाअनुसार बुधबार बिहानसम्म विश्वभरमा १ करोड ८७ लाख १ हजार १६७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । 
 
संक्रमितमध्ये हालसम्म १ करोड १९ लाख १५ हजार २६४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ८१ हजार ५५४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६५ हजार ४८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४२० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ६० हजार २९० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
अमेरिकामा गत चौबिसघन्टामा १३६२ जनाले ज्यान गुमाएका छन् । यस्तै, ब्राजिलमा एकैदिन १३९४ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म २८ लाख ८ हजार ७६ जना संक्रमित भएकोमा ९६ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन् ।
 
दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ५० हजार ६४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख ८१ हजार ९५८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख २५ हजार ८२९ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २९ लाख ४३ हजार ५३२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ४ हजार ४७२ को मृत्यु भएको छ । एसियामा ४६ लाख १ हजार ६५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख २ हजार ३७१ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ९ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २१ हजार २४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २७२ जनाको मृत्यु भएको छ । एएफपी