मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ८२ सहित संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

नेपालमा थप ८२ सहित संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ३९१६ जनाको नमुना परीक्षणका क्रममा ८२ जनामा संक्रमण पुष्टि भएको हो । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । 
 
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये १४७ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।
 
हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ८५८९ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ५१.१ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।  
 
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुष र सिन्धुपाल्चोक, पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा र गोकर्णेश्वर ४ का ५४ वर्षीय पुरुषको केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
 
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ८३ हजार ५१५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
 
उनका अनुसार हाल २३ हजार ७८४ जना क्वारेन्टाइनमा र ८१७४ जना आइसोलेसनमा रहेका छन् ।
 
हालसम्म काठमाडौँ उपत्यकाभित्र ३४७ कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।