मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ६४ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ६४ हजार बढीको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ६४ हजार ४९२ पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर १ करोड २७ लाख ६ हजार ९०० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार शनिबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७४ लाख ४४ हजार ७४६ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ४७ लाख २७ हजार ६६२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ७४५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३३ लाख ९ हजार ९९४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३६ हजार ९२७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २८ लाख १ हजार ९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख २ हजार ४२४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३८ लाख ७७ हजार ९३२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८४ हजार २०८ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २५ लाख ५८ हजार २२३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार १८० को मृत्यु भएको छ । एसियामा २८ लाख ९३ हजार ८४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६८ हजार ७२२ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ५ लाख ६३ हजार ८७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार ८१४ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२९ जनाको मृत्यु भएको छ । एएफपी