मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड

अमेरिकामा रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड


वासिङ्टन । अमेरिकामा रहेको भारतीय दूतावासअगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ ।
 
अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि सुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो । 
 
प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुनअनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ ।
 
गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो । अश्वेत ती व्यक्तिलाई श्वेत अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ । हत्याको घटना प्रष्ट हुने भिडियोसमेत सार्वजनिक भइसकेको छ । 
 
भिडियो नै सार्वजनिक भएको र सर्वत्र दबाबपछि दोषी देखिएका प्रहरीलाई सरकारले सेवाबाट बर्खास्त गरेर कानुनी कारबाही प्रक्रिया सुरु गरिसकेको छ ।
 
तर। पनि देशभरी विभिन्न स्वरुपमा आन्दोलन भइरहेको छ भने जनधनको समेत क्षति भएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशका करिब ४० सहरमा  कर्फ्युसमेत लगाएको छ । आन्दोलन भएको एक हप्ताभन्दा बढी भइसकेको छ । सुरुवातमा हिंसात्मक बनेको आन्दोलन जर्ज फ्लोयडको परिवारको आग्रहपश्चात् शान्तिपूर्ण बनेको छ । 
 
गान्धीको प्रतिमामाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ । तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको छ । पिटिआई