मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा एकैदिन ३३४ मा कोरोना पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

नेपालमा एकैदिन ३३४ मा कोरोना पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो


काठमाडौँ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 
 
जसमध्ये ३१९ पुरुष र १५ महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई हजार ६३४ पुगेको छ । जसमा दुई हजार ४५० पुरुष र १८४ जना महिला छन् ।
 
हालसम्म ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ । 
 
यसैबीच, बिहीबार कोरोना भाइरसलाई जितेर १२ जना घर फर्किएका छन् । यससँगै निको भएर घर फर्कनेको संख्या २९० पुगेको छ ।