मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकैदिन ९ हजारभन्दा बढी संक्रमित

भारतमा एकैदिन ९ हजारभन्दा बढी संक्रमित


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
 
बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घन्टामा संक्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।
 
उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घन्टाको अवधिमा ९ हजार ३०४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
 
योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख १७ हजार १८७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
 
त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भइसकेको छ । बुधबार एकैदिनमा भारतमा कोरोना भाइरसका २६० जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
 
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख ६ हजार ९९२ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।
 
त्यसैगरी १ लाख ४ हजार १०७ जना संक्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् । 
 
मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७४ हजार ८६० जना सङ्क्रमित भएका छन् ।
 
दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २५ हजार ८७२ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २३ हजार ६४५ जना संक्रमित रहेका छन् । 
 
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउँदै लगिएको र परीक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् । एएनआई