मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश नं २ मा थप ४४ सहित संक्रमितको संख्या ८५९ पुग्यो

प्रदेश नं २ मा थप ४४ सहित संक्रमितको संख्या ८५९ पुग्यो


जनकपुरधाम । प्रदेश नं २ मा कोरोना संक्रमितको संख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घन्टामा तीन महिलासहित ४४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि सो संख्या पुगेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । 
 
सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक÷एक जना गरी ४४ जना नयाँ संक्रमित थपिएका हुन् । 
 
जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वाबको परीक्षणका लागि जडान गरिएको रियल टाइम मेसिनबाट दुई दिनमा २४२ वटा स्वाबको नमुना परीक्षण गरिएकामा नौ जनामा कोरोना संक्रमणको पुष्टि भएको सचिव डा घिमिरेले जानकारी बताए । 
 
प्रदेश नं २ मा स्वाबको नमुना संकलन कार्यलाई तीव्र पारिएको छ । आज अपराह्नसम्म ९७४ जनाको स्वाबको नमुना संकलन गरिएको छ । 
 
प्रदेशमा अहिलेसम्ममा १७ हजार ५२९ को स्वाबको नमुना संकलन गरिएकामा १० हजार ६२३ को रिपोर्ट नेगेटिभ आएको छ र छ हजार ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
 
अहिलेसम्म सात हजार ७४७ को आरडिटी परीक्षण गरिएकामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
 
प्रदेशमा अहिलेसम्म ४०४ वटा क्वारेन्टाइन सञ्चालनमा आएको र सो क्वारेन्टाइनमा ३० हजार ७०६ वटा शैय्याको व्यवस्था गरिएको छ । यतिखेर, २३ हजार ३३३ जना क्वारन्टिनमा, छ हजार ३१ जना होम क्वारेन्टाइनमा र ५८३ जना आइसोलेसनमा बसेका छन् ।