मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोनाबाट ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६४ लाख बढी संक्रमित

विश्वभर कोरोनाबाट ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६४ लाख बढी संक्रमित


वासिङ्टन । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७८ हजार १३६ पुगेको छ भने, संक्रमितको संख्या ६४ लाख ४ हजार ८३३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 
 
नेपाली समयानुसार म)गलबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख ३३ हजार ४२२ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ९३ हजार २७५ हाल कोरोना भाइरस संक्रमित उपचाररत रहेका छन् । 
 
हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ४०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ६० हजार ६२६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार ९४५ व्यक्तिको मृत्यु भएको छ ।
 
दक्षिणमा अमेरिकामा ९ लाख ७ हजार २२७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४१ हजार १२० को मृत्यु भएको छ । युरोपमा २० लाख ४४५ हजार ९६० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७४ हजार ९८९ को मृत्यु भएको छ । 
 
एसियामा ११ लाख ८६ हजार १३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३१ हजार ५७३ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ५७ हजार २७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४ हजार ३७६ जनाको मृत्यु भएको छ । एएफपी