मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनले बालबालिकालाई नैतिक शिक्षा पुस्तक तयार पार्दै

एनआरएनले बालबालिकालाई नैतिक शिक्षा पुस्तक तयार पार्दै


टेक्सस (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी अन्तरगत गठन भएको नेपाली भाषा प्रवर्धन उपसमितिले नेपालीमुलका बालबालिकाहरुलाई लक्षित गरि नैतिक शिक्षा पुस्तक प्रकाशित गर्ने भएको छ ।
 
शनिबार बसेको उपसमितिको बैठकले प्रस्तावित नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञहरुलाई जिम्म दिने निर्णय गरेको छ । उपसमितिका संयोजक कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकले संसारका धेरै देशहरुमा नेपालीहरु पुगिसकेको र आफ्ना बालबालिकाहरुलाई नेपालको धर्म, संस्कृति, संस्कार अनुसारको शिक्षा दिन जरुरी रहेको निष्कर्श निकाल्दै त्यस्तो शिक्षामा एकरुपता ल्याउनका लागि पुस्तक प्रकाशित गर्ने निर्णय गरेको हो । 
 
बैठकमा पाठ्यपुस्तक तयारीका लागि सल्लाह सुझाव दिनका लागि विज्ञ, इच्छुकहरुलाई आव्हान गर्ने निर्णय भएको छ । बैठकमा पूर्ब कोषाध्यक्ष तथा भाषा साहित्य प्रवर्धन समितिका संयोजक हिक्मत थापा, सल्लाहकारहरु डा. चिन्तामणि योगी, बुद्दिसागर घिमिरे लगायत पदाधिकारीहरूको सहभागिता थियो ।
 
बैठकमा नैतिक शिक्षा पुस्तक प्रकाशनका लागि हालसम्म भएका प्रगति विवरणका बारेमा अध्यक्ष लामिछानेले जानकारी गराएका थिए । अहिले बिभिन्न देशमा रहेका नेपाली समुदायले आफ्नो अनुकुलतामा नैतिक शिक्षाको पाठ्यसामग्री तयार गरेर पठनपाठन गर्दै आएकोमा त्यसलाई एकरुपता दिनुपर्नेमा सबैको जोड रहेको समेत लामिछानेले जानकारी दिए ।