मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

भारतीय चलचित्रकर्मी इरफान खानको निधन

भारतीय चलचित्रकर्मी इरफान खानको निधन


नयाँदिल्ली । भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ । 
 
खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।  
 
सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गरेका थिए । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो । 
 
इरफान खान मुम्बईमा मात्र सीमित भएनन् । उनले निकै ख्याती कमाएका “स्लमडग मिलेनियर”, “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता चलचित्रमा समेत काम गरेका थिए । 
 
उनले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ ली सँग पनि काम गरेका थिए । सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनको उपचार बेलायतमा गरिएको थियो । 
 
खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् । एपी