मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड–१९ :सङ्क्रमण परीक्षण र पहिचानमा जोड दिन मोदीको आग्रह

कोभिड–१९ :सङ्क्रमण परीक्षण र पहिचानमा जोड दिन मोदीको आग्रह


नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइँ जित्न कोरोनाभाइरस सङ्क्रमण परीक्षण, पहिचान, ‘आईसोलेसन’ र ‘क्वारेनटाइन’मा जोड दिन आग्रह गरेका छन् । 
 
भारतका मुख्यमन्त्रीहरूसँगको भिडियो बैठकका क्रममा बिहिबार उनले अझै केही हप्ता नागरिकको सुरक्षासँग विशेष सरोकार राख्ने यी काममा लाग्न आग्रह गरेका हुन् । 
 
केन्द्रीय सरकारले घोषणा गरेको ‘लकडाउन’लाई कार्यान्वयन गराउन प्रभावकारी भूमिका खेलेको भन्दै मुख्यमन्त्रीहरुलाई उनले धन्यवाद ज्ञापनसमेत गरे । ‘लकडाउन’का कारण कोरोना भइरसविरुद्धको लडाइमा सफलता मिलेको पनि बैठकमा उनले बताए । 
 
प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यअनुसार कोरोनाविरुद्धको लडाइँमा प्रदेशहरुले गरिरहेको कामको बारेमा उनले जानकारी लिएका थिए । उनीहरुले गरेको सामूहिक सहकार्यको बारेमा प्रधानमन्त्री मोदीले विषेश चासो राखेको वक्तव्यमा जनाइएको छ । 
भिडियो बैठकमा अन्य देशहरुले गरिरहेको प्रयास र अभ्यासको बारेमा समीक्षा र चर्चा भएको थियो । 
 
बैठकमा प्रधानमन्त्री मोदीले जति सक्दो थोरै क्षति हुनेगरी कोरोना भाइरसको माहामारी नियन्त्रण गर्ने साझा उद्देश्य रहेको बताए । उनले भने “अझै केही हप्ता हामीले कोरोना भाइरसबाट संक्रमित भएको शङ्का लागेकालाई परीक्षण गर्ने, पहिचान गर्ने, आइसोलेसन र क्वारेनटाइनमा राख्नेतर्फ विशेष जोड दिनुपर्ने भएको छ ।” 
 
प्रधानमन्त्री मोदीले अत्यावश्यक स्वास्थ्य सामग्रीको उत्पादन, वितरण र उपलव्धतामा ख्याल गर्न पनि आग्रह गरेका छन् । कोरोना भाइरसबाट सङ्क्रमितलाई उपचारको प्रर्याप्त व्यवस्था भएको सूनिश्चित गर्न पनि उनले जोड दिए । 
 
बैठकमा सहभागी मुख्यमन्त्रीहरूले नेतृत्वदायी भूमिका, निरन्तर मार्गनिर्देशन र कठिन समयमा विशेष सहयोग गरेको भन्दै प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरूसँग यसअघि गत मार्च २० तारिखमा पनि भिडियो बैठक गरेका थिए । एएनआई