मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप एक जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या ६ पुग्यो

नेपालमा थप एक जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या ६ पुग्यो


काठमाडौँ । नेपालमा दोहाबाट कतार एयरलाइन्सको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चैत ४ गते कतार एयरलाइन्सको विमानबाट नेपाल आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
 
सो विमानमा १८५ यात्रु रहेको बताइएको छ । जसमध्ये १४० जनाको मात्रै पहिचान भएको छ । 
 
यसअघि सोही फ्लाइटबाट नेपाल आएका दुई जनामा पनि कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबैको उपचार भइरहेको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ ।
 
जसमध्ये चीनबाट आएका पहिलो व्यक्ति निको भइसकेका छन् भने दोस्रो संक्रमित काठमाडौँकी १९ वर्षीया युवती रहेकी छन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौँ आएकी थिइन् । यस्तै, तेस्रोमा धादिङका एक युवक, चौंथो धनगढी र पाँचौँ बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 
 
स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको ब्रिफिङअनुसार पछिल्लोपटक पहिचान भएका संक्रमितलाई ट्रेसिङ गर्ने चिकित्सक र टोलीलाई यसबारे विस्तृतमा जानकारी दिएको छ ।
 
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार कोरोना संक्रमणको केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य सुरु गरिसकिएको छ । डा देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिए ।