मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना कहर : विश्वभर १४ लाख १० हजार संक्रमित, ८१ हजारको मृत्यु

कोरोना कहर : विश्वभर १४ लाख १० हजार संक्रमित, ८१ हजारको मृत्यु


काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण मंगलबार रातिसम्म विश्वभर २०९ देशका १४ लाख १० हजार मानिस बिरामी भएका छन् ।
 
यस महामारीबाट मृत्यु हुनेको संख्या ८१ हजार १० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये १० लाख २७ हजार ९२८ को उपचार जारी छ भने तीन लाख ७२७ जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध्ये ४७ हजार ८३९ को अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।  
 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी संकट संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ तीन लाख ८६ हजार १९४ कुल सङ्क्रमित भएका छन् भने १२ हजार २४६ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख ५ हजार ६३ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 
अमेरिकामा शुक्रबार १३२१ जना, शनिबार १३३१ जना, आइतबार ११६५, सोमबार १२७० र मंगलबार अत्यधिक १३७१ जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा मात्र १ लाख ३८ हजार ८३६ संक्रमित भएकोमा ५४८९ ले ज्यान गुमाएका छन् । सोमबार ५९९ र मंगलबार १३७५ को मृत्यु भएको छ । 
 
स्पेनमा एक लाख ४० हजार ५११ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ८९७ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४, सोमबार ५२८ र मंगलबार ५५६ जनाले ज्यान गुमाएका छन् । 
 
यसैगरी, इटालीमा कुल एक लाख ३५ हजार ५८६ संक्रमित भएका छन् भने १७ हजार १२७ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५, सोमबार ६३६ र मंगलबार ६०४ को मृत्यु भएको छ । 
 
जर्मनीमा १ लाख ५ हजार ६०४ कुल सङ्क्रमित भएका छन् भने १९०५ को मृत्यु भएको छ । 
 
यस्तै, फ्रान्समा एक लाख ९ हजार ६९ कुल सङ्क्रमित भएका छन् भने १० हजार ३२८ को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८, सोमबार ८३३ र मंगलबार १४१७ जनाले ज्यान गुमाएका छन् । 
 
चीनमा ८१ हजार ७४० कुल सङ्क्रमित भएका छन् भने ३३३१ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार १६७ रहेको छ । चीनमा हाल १२४२ जनाको उपचार जारी रहेकोमा २११ को अवस्था जटिल छ । 
 
इरानमा ६२ हजार ५८२ कुल सङ्क्रमित भएका छन् भने ३८७२ व्यक्तिको मृत्यु भएको छ । 
 
बेलायतमा ५५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने ६१५९ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१, सोमबार ४३९ र मंगलबार ७८६ जनाले ज्यान गुमाएका छन् । 
 
स्वीट्जरल्याण्डमा २२ हजार २५३ संक्रमित छन् भने ८२१ जनाको ज्यान गएको छ । बेल्जियममा २२ हजार १९४ संक्रमित भएकोमा २०३५ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १९ हजार ५८० संक्रमित भएकोमा २१०१ जनाको मृत्यु भएको छ । 
 
यसैगरी, दक्षिण कोरियामा १९२, अस्ट्रियामा २४३, टर्कीमा ७२५, क्यानडामा ३४५, पोर्चुगलमा ३४५, डेनमार्कमा २०३ र जापानमा ९२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 
 
यस्तै, भारतमा कुल ५३११ संक्रमित भएकोमा १५० जनाको ज्यान गएको छ । पाकिस्तानमा ४००९ संक्रमित भएकोमा ५६, थाइल्याण्डमा २७, बंगलादेशमा १२ र अफगानिस्तानमा ७ जनाको मृत्यु भएको छ । 
 
अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ । एजेन्सीहरुको सहयोगमा