डराए , डराएको अनुहार
सशंकित मानिसहरु
लाग्छ जिन्दगी यहाँ
ठप्प सरी छ
सुनसान गल्लीहरुमा
छाएको यो मुर्दा शान्ति
लाग्छ अहिले नै निस्किन्छ
मलामीको लश्कर !
खुला छ यो आकाश
घाम झुल्कि रहेको
पंछीहरु नाचिरहेका
वृक्षहरु झूमीरहेका
फूलका नाभिहरुबाट
वासना मगमगाईरहेका
हावाहरु गाईरहेछन्
तर
चुप छ मानिसको बोली !
जब देखिरहेछु जिन्दगीलाई
जिन्दगीबाटै काटिरहेका
डराए , डराएका आँखाहरु
आँखाबाट नै भागिरहेका
तिम्रो मेरो बिचमा यो
डरको जुन खाल्डो छ
यसबाट निस्केको मुश्लोलाई
कसरी म बनाउँ धुँवा ?
गएर चढुँ म कुनै
पर्वतको शिखर
जहाँ मेरा सबै
आफ्नालाई बोलाएर
अंगालो भरी समेटुँ
छोई छोई सबैलाई
म यस्तो कुनै गीत सुनाऊँ
झुमुन् धर्ती सबै
झुकुन् सातै आकाश !
एकको गलाको आवाज
अर्कोको हातको बाजा
आक्रमणकारीसँग लड़न
तयार हौं हामी आज
मृत्युसँगको लडाई राम्रो
यो डर त्रास भन्दा बरु
या उसले पराक्रम गर्ला
या हामीले ध्वजा फहराउने छौं
मानिसहरूको जीतको ध्वजा !
मानवियताको जीतको ध्वजा !!
( हिन्दी कविताको नेपाली अनुवाद – बिटु केसी )
प्रतिक्रिया