मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली दुतावास भन्छ, अमेरिकी सरकारले दिने सहयोग लिन खोजौं

नेपाली दुतावास भन्छ, अमेरिकी सरकारले दिने सहयोग लिन खोजौं


हिमालयखवर संवाददाता
अमेरिका- कोरोना भाइरस (कोभिड १९) संक्रमणको मुख्य थलो न्यूयोर्कमा अहिले त्रासै त्रास छ । त्यहां बस्ने करिव ५० हजार नेपाली समुदायको अवस्था पनि जटिल वन्दै गएको छ ।
 
सामान्य रुवाखोकी लाग्दा खाने टाइलेनल (जेनेरिक नाम एसाटामोफिन) अभाव छ । ज्वरो नाप्ने थर्मोमिटर, ह्याण्ड सेनिटाइजर,  मास्क समेत कतिपयपय नेपालीसंग छैन । बुढा बुढी भएको परिवारमा झनै बढी त्रास छ ।
 
सहयोग गर्न चाहनेलाई पनि काम गर्न सजिलो छैन । आफ्नो सुरक्षापनि विचार गर्नु पर्यो । संभव र उपलव्ध भएसम्म नेपाली समाजसेवीहरुले यी अत्यावश्यक समाग्री वितरण पनि गरेका छन् । तर, यो पर्याप्त भने छैन ।
 
अमेरिकामा काम गर्दै आएका डा संजिव सापकोटाका अनुसार अहिले अमेरिकामा करिव ३ सय जतिलाई कोराना भाइरस संक्रमण भएको अनुमान छ । तर, यो एकिन तथ्यांक भने होइन । न्यूयोर्कका स्थानिय नेपालीहरुका अनुसार करिव ३० जना अस्पतालमा भर्ना भएका छन् । न्यूयोर्कमा एक जना नेपालीको मृत्यु भएको छ । कोलोराडोको बोल्डरमा करिव ७० बर्षका एक जना नेपालीको अवस्था कोरोना भाइरस संक्रमणका कारण गम्भिर बनेको छ । टेक्ससमा पनि केहीमा कोरोना भाइरस संक्रमण भएको जानकारीमा आएको छ ।
 
मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट ह्यारी भण्डारीले एक जना नेपाली युवतीले रुदैं सहयोगका लागि अनुरोध गरेको वताए ।
 
गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकामा विद्यार्थीसंग सम्वन्धित समितिका संयोजक त्रिभुवन पाण्डेका अनुसार दैनिक २० जना जति नेपाली विद्यार्थीले आफ्ना समस्या बताउंदै सहयोग मागिरहेको छन् । दाल , चामल, खानेकुरा अभाव हुने विद्यार्थीलाई स्थानिय रुपमै सहयोग दिईएको छ, पाण्डेले भने तर, घरभाडा तिर्ने पैसा भएन भन्ने समस्या भएकालाई के गर्ने टुंगो लागेका छैन् ।
 
वोस्टनमा ज्वरो आएपछि एक जना नेपाली कामवाट निकालिए । अहिले उनको न काम छ, न वस्ने ठाउं । मोटलमा वसिरहेका छन् । मंगलवार सांझ वासिंटन स्थित नेपाली राजदुत डा अजुर्न कार्की द्धारा संयोजन गरिएको बृहत छलफलमा प्रहल्लाद केसीले प्रश्ने सोधे यस्तो अवस्थामा भएका ती नेपालीलाई नेपाली दुतावासवाट केही सहयोग हुन सक्छ की ?
 
भारतपछि सवै भन्दा वढी स्थायी रुपमा नेपाली समुदायको बसोवास गर्ने देश अमेरिका हो । अमेरिकी नागरिकता लिएका, नलिएका, बस्ने कानुनी आधार भएका नभएका, विद्यार्थी, पर्यटक भिषामा आउन गरी ३ लाख भन्दा वढी नेपाली अमेरिकामा छन् ।
 
केसीको प्रश्न जस्तै अहिलेको अवस्थामा नेपालीलाई समस्या पर्यो भने नेपाली दुतावासवाट के कस्तो सहयोग हुन्छ ? छलफलमा यो प्रश्न पटक पटक उठ्यो ? ३ घण्टा भन्दा लामो उक्त छलफलमा राजदुत डा कार्कीले चार पटक एउटै जवाफ दिए, अमेरिका सरकारले धेरै सहयोगका विण्डो खोलेको छ, अमेरिकी सरकारले जे सहयोग दिने भनेको छ ,त्यही लिन जोड गर्नु होस । यहां अमेरिकी सरकारले सवैलाई सहयोग दिने भनेको छ ।
 
राजदुत कार्कीले नेपालमा भएका अमेरिकीलाई नेपाल सरकारले औषधी उपचारको जिम्मा लिने यहांका नेपालीलाई अमेरिकी सरकारसंग यस्तै जिम्मेवारी लिन आग्रह गरिएको वताए ।
 
आर्थिक सहयोग दिने कुनै व्यवस्था छैन कार्कीले भने नेपाल सरकारसंग कुरा राख्छौं , एनआरएनए एनसीसी, स्थानिय संघसंस्थालाई सहयोग गर्न अनुरोध गरेका छौं । विशेष कुनै समस्या आयो भने हाम्रो चार वटा टेलिफोन लाइन २४ घण्टा खुला छन्, भन्नुहोला ।
 
न्यूयोर्कमा कतिपय नेपाली संगै मिलेर (रुममेट) वस्ने गर्छन । महंगो भएकाले त्यहां सानो ठाउंमा धेरै नेपाली सगैं वस्ने गरिन्छ । यस्तो अवस्थामा कोरोना भाइरसको संक्रमणको बढी जोखिम हुन्छ । यसरी वस्दै आएका नेपालीलाई अहिले क्वारेण्टाइनमा वस्न समस्या  भएको छ । कोरोना भाइरसको लक्षण देखिएका व्यक्ति छुट्टै कहां वस्ने (सेल्टर लिने) भन्ने समस्या छ । स्थानिय संघ संस्थाले केहीलाई सहयोग गरेका छन् । तर, त्यो निकै कम छ । नेपाली समुदायमा कार्यरत समाजिक कार्यकर्ताले यसका लागि सहयोगको आग्रह गरिएका छन्  । न्यूयोर्कमा वस्ने जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट भन्छन् संक्रमित नेपालीलाई क्वारेण्टाइनमा राख्नको स्थान खांचोपरेको छ । यो कसरी गर्न सकिन्छ । दाताहरुसंग खर्चका लागि सहयोग माग्ने तयारी भईरहेको छ ।
 
न्यूयोर्कका शम्भु मोक्तान कोरोना भाइरसको उपचार पछि हालै घर फर्किए । उनलाई दुई साता आईसोलेशनमा वस्न भनिएको छ । पहिला जिउ दुख्या त्यसको एक सातापछि सास फर्ने समस्या भएपछि उनी अस्पताल गएका थिए । कोरोना भाइरसको संक्रमण भएको रहेछ । उनले अस्पतालमा गएपछि समाजिक संजालमा आफुलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेका थिए ।
 
कोरोना भाइरस भएपछि बाचिन्छ कि बांचिदैन भन्ने मनमा भयो , मरे भने त समुदायलाई थाहा नै नहुने भयो, कसैको सहयोग पनि पाइंदैन कि भन्ने लाग्यो त्यसैले सवैलाई भने, घरमा आइसोलेसनमा वस्दै आएका मोक्तानले आफ्नो पिडा यसरी सुनाए ।
 
नेपाली विद्यार्थी, रेष्टुरेष्ट, होटल, आईब्रो सैलुन, उबर र ट्याक्सी चलाउने बेबी सिटर लगायतमा काम गर्ने धेरै नेपालीले अहिले रोजगार गुमाएका छन् । त्रासका कारण स्टोर, ग्यांस स्टेशनमा काम गर्ने कतिपय नेपालीले पनि काम छाडेका छन् । काम कहिलेसम्म पाइन्छ यो टुंगो छैन ।
 
नेपालीलाई सेल्टर वनाएर छुट्टै स्थानमा राख्नका लागि विभिन्न कानुनी पक्षहरु पनि आउंछन् दुतावासले यसमा केही गर्न मिल्ने ठाउं छैन राजदुत कार्कीले भने ।
 
उक्त छलफलमा राजदुत कार्कीले राष्ट्रपति विद्यादेबी भण्डारीले अमेरिकामा वस्ने नेपालीको वारेमा चासो देखाउंदै टेलिफोनमा सोधपुछ गरेको सुनाए । राजदुत कार्कीले मंगलवार जारी अपिलमा पनि राष्ट्रपति भण्डारीले नेपाली समुदायलाई सचेत र सजग भई सुरक्षित रहन र संक्रमित नेपालीको सिध्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख छ ।
 
दुई दिन यता समाजिक संजालमा वासिंटन स्थित नेपाली दुतावासले अहिलेको कठिन अवस्थामा पनि केही नगरेको भन्दै आलोचना भएको थियो । समाजिक संजालमा नेपाल सरकारले वासिंटनमा ७०, ८० करोड रुपैंया पर्ने भवन किन्न सक्ने तर, अप्ठ्यारो परेका नेपालीलाई सहयोग आवश्यक पर्दा बजेट छैन भन्ने टिप्पणी गर्दै दुतावासको रवैया प्रति प्रश्न उठाईएको छ ।
 
नेपाली नागरिक पनि अहिले नेपाल जान पाउंदैनन् । नेपाल सरकारले विदेशमा रहेका लाखौं नेपालीलाई जहां छौ त्यही सुरक्षित बस भन्दै ढोका वन्द गरेको अवस्था छ । नेपाल सरकारको यस नीति प्रति पनि नेपाली समुदाय आक्रोसित छ । कुरा, छलफल, मिटिगं मात्र होइन एक्सनमा जानु पर्यो प्रभासी मञ्चका प्रभु थापाले यसमा हाम्रो कमजोरी छ ।
 
नेपाली दुतावासले अमेरिकामा रहेका नेपाली बिद्यार्थीको भिषा तथा विद्यमान परिस्थितिले यात्रा अवरुद्ध भई भिषा समाप्त भएका नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न तथा संक्रमितको उपचारमा सहज पुहंच प्रदान गर्न नेपाल सरकारको  निर्णय अनुसार राजदुतावासले मौखक तथा नोट द्धारा अमेरिकी सरकारलाई औपचारिक अनुरोध गरेको छ ।
 
अमेरिका सरकारले विभिन्न राहत प्याकेजहरु भने ल्याएको छ । बार्षिक ७५ हजार  अमेरिकी डलर (पारिवार हुनेले यसको दोब्बर) भन्दा कम आम्दानी हुनेलाई प्रतिव्यक्ति १२ सय डलर दिने घोषणा गरेको छ । १७ बर्ष उमेभन्दा तलकाले ५ सय डलर पांउछन् । बेरोजगार भत्ता, साना देखि ठुला व्यवसायलाई विभिन्न प्रकारका आर्थिक सहयोगपनि राहत प्याकेजमा आएका छन् । कानुनी रुपमा अमेरिका वस्नेले यी सुविधा पाउंछन् ।
 
अमेरिकामा अहिले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । करिव २ लाख संक्रमित भएका छन् । जसमध्ये झण्डै ४ हजारको मृत्यु भएको छ । न्यूयोर्क सवैभन्दा वढी प्रभावित छ ।