मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अमेरिकामा नेपालीको अवस्थाको सोधपुछ

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अमेरिकामा नेपालीको अवस्थाको सोधपुछ


हिमालयखबर संवाददाता
अमेरिका- नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ को सक्रमण वढिरहेको सन्दर्भमा अमेरिकामा रहेका नेपालीको अवस्थाको वारेमा चासो दिई जानकारी लिएको वासिङटन स्थित नेपाली दुतावासले जनाएको छ ।
 
वासिङटन स्थित नेपाली राजदुत डा अर्जुन कार्कीद्वारा मंगलवार जारी अपिलमा राष्ट्रपतिले नेपाली समुदायलाई सचेत र सजग भई सुरक्षित रहन आग्रह गर्नु भएको उल्लेख छ ।
 
अपिलमा अमेरिकामा रहेका नेपाली बिद्यार्थीहरुको भिसा तथा विद्यमान परिस्थितिले यात्रा अवरुद्ध भई भिसा समाप्त भएका नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न तथा संक्रमितको उपचारमा सहज पहुँच प्रदान गर्न नेपाल सरकारको निर्णय अनुसार राजदूतावासले मौखिक तथा नोट द्धारा अमेरिकी सरकारलाई औपचारिक अनुरोध गरिसकेको उल्लेख छ ।
 
राजदुत डा. कार्कीका अनुसार कुनै नेपाली  समस्या परेमा वासिङटन दुतावास र न्यूयोर्क स्थित कन्सुलेटका चारवटा टेलिफोन लाइनमा जनुसकै वेला पनि सम्पर्क गर्न सकिने छ ।
 
दुतावासद्वारा जारी अपिलः