मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा २४ घण्टामा ५७५ जनाको कोरोना भाइरसको कारण मृत्यु

अमेरिकामा २४ घण्टामा ५७५ जनाको कोरोना भाइरसको कारण मृत्यु


कोरोना भाइरस ‘कोभिड–१९’ का कारण अमेरिकामा मृत्यु हुनेको दर हालसम्मकै बढी देखिएको छ।
 
गएको २४ घण्टामा अमेरिकामा ५७५ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भयो। एकै दिन कोरोना भाइरसले ठूलो संख्यामा ज्यान लिएको यो पहिलो घटना हो।
 
यससँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १७३ पुगेको छ। त्यहाँ कोरोनाका कारण बिरामी हुनेको संख्या संसारमै सबैभन्दा बढी हो। अमेरिकामा हालसम्म १ लाख ६४ हजार ३५९ जना कोरोना संक्रमित पुष्टि भएका छन्। संक्रमितको संख्यालार्ई हेर्दा अमेरिका चीनभन्दा धेरै माथि छ।
 
यस्तै मृतकको संख्यालाई मध्यनजर गर्दा पनि अमेरिकाको मृतक दर चीनको भन्दा उच्च छ। हालैको दिनमा चीनमा भने कोरोनाको प्रभाव घ्टदै गएको छ। त्यहाँ हालसम्म ८१ हजार ५ सय १८ कोरोना संक्रमित छन्। ३३ सय ५ को भने ज्यान गइसकेको छ। एजेन्सी