मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

विश्वब्यापी (COVID-19) को सेल्फ़ क्वारेन्टाईनको समयलाई सदुपयोग गरौ

विश्वब्यापी (COVID-19) को सेल्फ़ क्वारेन्टाईनको समयलाई सदुपयोग गरौ


अमेरिका- विश्व भरी महामारी रोगको रुपमा फैलिएको कोरोना भाईरस् (COVID-19) संक्रमितले हामी सबै डरलाग्दो र भयावह स्थितिमा छौ । कर्म थलो देश अमेरिका कोरोना संक्रमणको हिसाबले पहिलो नम्बर संक्रमित मुलुकमा परेको छ । 
 
सामान्य रुघा खोकी लाग्दा पनि यही घातक महामारी रोग हो की भन्ने डर र त्रासको वातावरण हामीमा रहेको छ । लकडाउनले धेरैलाई गाह्रो पनि भएको छ । तर कोभिड–१९ नियन्त्रण गर्ने उपाय यही मात्र देखिएको छ । 
 
टाउको दुख्नु, ज्वरो आउनु, थकानको महसुस हुनु, लगातार खोकी लाग्नु, स्वाँस प्रस्वासमा समस्या देखिनु यो रोगको लक्षण मानिन्छ । यदि यस्ता लक्षण  मध्ये  साधारण केहि भएपनि लौन मलाई कोरोना पो भयो कि भन्ने त्रास बढिरहन्छ र मनमा छट्पटि भैरहन्छ ।  
 
हामी सबैलाई थाहा नै छ यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजक र सतर्कता अपनाउनु नै हो । 
 
भिडभाडमा नजानु, ज्वरो आएका ब्यक्तिहरुको सम्पर्कमा नजानु, साबुन पानीले राम्रो संग हात धुनु, सेनिटाईजर प्रयोग गर्नु, लगायत स्थानीय सरकारको निर्देशिका बमोजिम सतर्कता अपनाउनु नै यस रोगको समाधान हो र अहिले आफैंले जिम्मेवारी लिने समय हो । 
 
घरतिर बाट फोन गर्दा यहाँ सबै ठिक छ, यहाँ कुनै समस्या छैन, मेरो बारेमा चिन्ता नलिनु भन्नु परेको अबस्था छ भने सामाजिक संजाल खोलेर हेर्दा सकारात्मक र राम्रो समाचार भन्दा दिनानुदिन कोरोना सक्रमण उच्च भईरहेको समाचार मात्र बढ़ि भेटिन्छ। यस्तो बेला केहि संक्रमित बिरामीहरु निको भएर घर फर्केको पनि छन् यस्ता सकारात्मक पक्षहरुबाट मनोबल बढाउने साहस बढि जुटाउने प्रयास गरौ ।
 
सामाजिक संजालमा  समबेदनाको नाममा उत्सव सरि  पोष्टहरु छताछुल्ल सम्प्रेषण भएको देखिन्छ जस्ले परदेशमा एक्लै सेल्फ कावारेन्टाईनमा बसिरहेका ब्यक्तिहरुलाई दिनभरी घरमा बस्दा एक प्रकारको मानसिक त्रास सृजना गरिएको छ भने अर्कोंतर्फ यस्तो बेला पटक पटक  बुवाआमा ,घरपरिवार र आफन्तको सम्झनाले पिरोलिरहन्छ ।
 
त्यस्तै नियमित खर्चको लागि आर्थिक अभाव भैरहेको परिस्थिति झन बढ्दो छ। तर पनि यतिबेला हामीले आफ्नो मनोबल बढाउदै यस्ता समस्याहरुसंग लड्न र आत्मविश्वासका साथ यो महासंकटलाई उर्जामा बदल्नु छ ।
 
समग्रमा अमेरिकामासेल्फ़ क्वारेन्टाईनमा बसिरहेको केहि ब्यक्तित्वहरुसंग कुराकानी गर्दा सेल्फ़ क्वारेन्टाईनको समयलाई  रचनात्मक बनाउन फ़ुर्सदको समयमा गित संगित सुन्ने,किताब पढ़ने, केहि अनलाईन कोर्सहरु लिने, आफ्नो बालबलिकाहरु तथा परिवार संग समय बिताउने गरिरहेको पाईएको छ। 
 
यस्ता महासंकटले अवसर पनि निर्माण गर्न सक्दछ त्यसैले WHO को भनाई अनुसार पनि घरमा बस्दा शारिरिक तथा मानसिक रुपमा स्वस्थ रहन ज़रूरी देखिन्छ ।यस्तो संकटको वेला मानविय संम्बन्ध सबैभन्दा माथी हुन्छ त्यसैले  हामी नेपालीहरु एक अर्काको दुखमा उत्सव हैन, समबेदनालाई महसुस गरि सहयोग गर्न आबश्यक छ साथै कोरोना कसैलाई लागीहालेमा नआत्तिनुहोस्,आफ्नो सम्पर्कमा आएकाहरूलाई चॉहिं  जोगाई दिनु हाम्रो मानवीय जिम्वेवारी पनि हो ।
 
विश्वब्यापी Covid -19 को सेल्फ़ क्वारेन्टाईनको समयलाई सदुपयोग गरौ, सकारात्मक समाचारहरु सम्प्रेषण गरौ र साथै स्थानीय  सरकारको निर्देशिकालाई जिम्मेवारीपुर्वक कार्यान्वयन गरौ ।तस्बिर सामाजिक संजाल