मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कान्तिपुर मिडिया हाउसका सवै प्रिन्ट संस्करण वन्द

कान्तिपुर मिडिया हाउसका सवै प्रिन्ट संस्करण वन्द


हिमालयखबर संबाददादा-
काठमाडौ। नेपालको सवैभन्दा ठूलो र सफल मिडिया हाउस कान्तिपुर(केएमजी)ले सवै प्रिन्ट संस्करण अस्थायी रुपमा प्रकाशन वन्द गरेको छ ।
 
कोरोना भाइरसका कारण केएमजीले कान्तिपुर, द काठमाण्डौ पोष्ट, साप्ताहिक नेपाल, साप्ताहिक नारीको प्रकाशन केही समयका लागि वन्द गरेको हो ।
 
अवस्था सुधार भएपछि प्रकाशन यथावत हुने केएमजीले जनाएको छ । कोरोना भाइरसको त्रास वढेपछि नेपाल अहिले लकडाउनमा छ ।
 
केएमजी नेपालको सवैभन्दा ठूलो मिडिया हाउस हो । यो गु्रप व्यवसायिक रुपमा निकै सफल पनि छ । तर, केही समय यता प्रतिस्पर्धा वढ्दै गएकाले केएमजीको नाफा पहिले भन्दा घट्दै गएको थियो ।
 
यही कारण यस बर्ष केएमजीले बार्षिक उत्सवमा कर्मचारीलाई बोनस दिएको थिएन । विशेष गरी कान्तिपुर दैनिकमा आउने विज्ञापन केही समय यता निकै घट्दै गएको थियो ।
 
यि प्रकाशन हुदां भविष्यमा प्रिन्ट मिडियाको स्थान अझै कमजोर हुने संचारकर्मीको विश्लेषण छ ।
 
कान्तिपुर अनलाइन, रेडियो र टेलिभिजन भने यथावत संचालन हुने केएमजीले जनाएको छ ।
 
केएमजीले कोरोना भाइरसका कारण आएको प्रतिकुल अवस्थाको समाना गर्न शूरु गरेको आर्थिक सहयोग संकलन अभियानमा पनि त्यसै विचमै रोकेको थियो ।