मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कोरोना त्रास – सतर्क रहौं , सद्भाव बाडौँ

कोरोना त्रास – सतर्क रहौं , सद्भाव बाडौँ


रूप , विद्वत्ता, धन या कुनै चिजको पनि घमण्ड गर्नु मुर्खता हो । जति नै शक्तिशाली भएपनि के नै हुँनेरहेछ र ! मानिसको तागत र ल्याकत विवेक र बुद्धिका घमण्ड गर्नेहरुलाई अदृश्य भाइरसले पराजित गरेको छ, चुरचुर पारेको छ आज ।
 
यो प्रकृति, यो ब्रम्हाण्ड सबैको लागि समान छ । यसलाई प्रेमपूर्वक उपयोग गरे अत्यन्त उपकारी छ । जब जब यसको चरम दोहन हुन्छ तब तब विनाश भएको छ ।
 
मान्छे हामी कति छली, कपटी र स्वार्थी भएका छौं, एकचोटी आफ्नै अन्तर मनलाई नियालौं । हाम्रा सामान्य बोली, व्यबहार कस्तो छ ? कति सत्य बोल्छौं हामी, कति झुठा छौं ?
 
यति भन्नुछ – अहिले विश्वभर फैलिएको महमारीको यो सङकटको अवस्थामा हामी एक हौं । प्रेम र सद्भाव साटौं । आफ्ना मान्छेहरुलाई एक कल फोन गरेर सोधौं – कस्तो छ त्यता ?
 
साथीभाईलाई फोन नसके मेसेज गरौं । आएका मेसेजको कमसे कम रेसपन्स त गरौं । आफ्नो तुजुक देखाउने , मै हुँ भन्ने बेला यो होइन । सकिन्छ भने यस्तो तुजुक कहिल्यै नदेखाऊँ । यो नै मानवीय धर्म हो । आफूले जानेका थाहा पाएका राम्रो उपयोगी कुरा शेयर गरौं । आफ्नै मान्छे कोही तनावमा हुन सक्छन् तपाईंको राम्रो बोली व्यबहारले उसलाई औषधीको काम पनि त गर्न सक्छ । यो आपतको घडिमा जसरी सकिन्छ अरुलाई सहयोग गरौं । कतिको रोजगारी गएको छ , व्यापार व्यवसाय बन्द भएको अवस्था छ । डर त्रासले आतंकित भएकाहरुलाई सुझाव र सल्लाहले पनि ठुलो राहत दिनेछ ।
 
कोरोना भाइरसले विश्वलाई नै बिरामी पारेको छ । संक्रमण हुनेहरु मात्र होइन नहुनेहरु पनि त्रास र तनावले बिरामी हुन सक्ने स्थिति छ ।
 
परिस्थिति प्रतिकूल हुँदा अनेक भामरी आइलाग्न सक्छन , अनेक अपराधहरु बढ़न सक्छन सर्तक होऔं । त्यस्ता भामरी थाहा हुने वितिक्कै अरुलाई जानकारी गराऔं । एक्लै नबसौं । धेरै भाइरसका समाचार सुन्ने , हेर्ने र त्यही कुरा गरिरहदा तनाव झन बढ्ने रहेछ । आफ्नो ध्यान सकेसम्म अन्त मोड़ने सक्दो प्रयासमा छु म पनि । हाँसो अपरिहार्य छ । त्यसैले हंसी ठट्टाका चुट्किला , हास्य व्यंग्य भिडियो , नाँच , गान र सिनेमा हेरेर आफ्नो ध्यानलाई सकेसम्म अन्तै मोड़ने कोशिस किन नगर्ने ? यो समयमा बरु घरका र करेसा बारीको कामको लाभ उठाऔं ।
 
समय बलवान हुन्छ , धैर्य गरौं । विपतको समय लामो नरहला प्राथना गरौं ।
 
सरसफाई सबैभन्दा पहिलो प्राथमिकता हो । यसलाई जीवनमा सदैव अंगालौं ।
 
सकेसम्म सुरक्षित रहौं । स्वास्थ्य रहौं । सरल बनौं , सहज जीऔं ।
 
आफु बाँचौं र अरुलाई पनि बचाउने प्रयास गरौं ।