मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

भ्रमण बर्ष २०२० र जनगणना २०२० सम्वन्धि वृहत कार्यक्रम सम्पन्न

भ्रमण बर्ष २०२० र जनगणना २०२० सम्वन्धि वृहत कार्यक्रम सम्पन्न


लवक (टेक्सास)- जन्मभूमिप्रतिको कर्तव्य स्वरुप भिजिट नेपाल २०२० र कर्मभूमिप्रतिको जिम्मेवारीको महसुस गर्दै जनगणना २०२० सम्वन्धि वृहत कार्यक्रमको आयोजना गरियो । लबक नेपाली समाज र एनआरएन अमेरिका टेक्सास च्याप्टरको आयोजनामा हिजो शनिबार आयोजित कार्यक्रममा यी दुवै विषयमा सहभागीहरुले चासो र चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमको पूर्वसन्ध्यामा नेपाल सरकारले भ्रमणबर्षको प्रचारप्रसारलाई स्थगन गर्ने निर्णय गरेकोमा पूर्वनियोजित भ्रमणबर्षको तयारीलाई जनचेतनामूलक हिसावले सन्चालन गरिएको थियो । 
 
कोरोना भाईसरको असरका कारण विदेशी प्रयटकहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहन नगरेपनि सरकारको निर्णयमा सहयोग पुर्याउदै आन्तरिक पर्यटनको प्रवद्धनमा जुट्न सरकारलाई आग्रह गरिएको थियो । परिश्थिति अनुकूल भएपछि आफ्नो संयन्त्र प्रयोग गरेर भ्रमण बर्षलाई सफल पार्ने कार्यमा पुन लाग्ने वताउदै यो समयलाई जनगणना कार्यक्रमलाई प्रभावकारी वनाउनुपर्ने भनाई कार्यक्रमका वक्ताहरुले राखे । नेजाका महासचिवसमेत रहेका पत्रकार किरण मरहट्टाले सन्चालन गरेको वहस कार्यक्रममा एनआरएन अमेरिकाजका क्षेत्रिय उपसंयोजक राम पोखरेल, एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साह, नेपाल अमेरिका पत्रकार संघ, नेजाका पूर्व अध्यक्ष भोला आचार्य, टेक्सास नेपाली समाज, एनएसटी का बरिष्ठ उपाध्यक्ष  राजेन्द्र वाग्ले र लवक नेपाली समाज टेक्सासका अध्यक्ष डा प्रकाश श्रेष्ठले उक्त कुरा राखेका थिए । नएसटी का बरिष्ठ उपाध्यक्ष  राजेन्द्र वाग्ले जनगणनासम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
 
यसै अवसरमा एनआरएन टेक्सास च्याप्टरको कार्यसमितिमा नियुक्त गरिएका लवक नेपाली समाजका अध्यक्षसमेत रहेका डा श्रेष्ठलाई संस्थाकै अमेरिकाका अध्यक्ष साहले सपथ ग्रहण गराएका थिए । यससँगै टेक्सास च्याप्टरको कार्यसमितिले पूर्णता पाएको च्याप्टरका अध्यक्ष राजेश अर्यालले जानकारी दिए । स्थानिय संघसस्थासँगको सहकार्यमा हातेमालो गर्दै अगाडी वढ्ने केन्द्रिय अवधारणा अन्तर्गत अगाडी वढ्ने च्याप्टर अध्यक्ष अर्यालले वताए । न्युयोर्कदेखी ३ सय माईलको दुरीबाट कार्यक्रममा सहभागीहरुलाई आयोजक संस्थाका संस्थापक एवं नेपाल व्लड डोनर्स एसोसिएसनका कार्यकारी उपाध्यक्ष रेशम घर्तिले स्वागत गरेका थिए । 
 
स्वागत मन्तव्य, प्यानल वहस, सपथ ग्रहण र साँस्कृतिक शो चरणमा सन्चालन गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य चरणलाई आयोजक सस्थामध्येकै एनआरएन टेक्सास च्याप्टरका सचिव सोफिन थापाले सन्चालन गरेका थिए भने कार्यक्रमको प्यालन बहसलाई पत्रकार एवं नेजाका महासचिव मरहट्टाले सन्चालन गरेका थिए । त्यसैगरि साँस्कृतिक कार्यक्रमको सन्चालन टेक्सास टेक विश्व विद्यालयस्थित नेपाली विद्यार्थीहरुको संगठन एनएसएका अध्यक्षसमेत रहेका प्रभाकर खड्का र मिस नेपाल अमेरिकाका फ्रस्ट रनरअप पोसा जिटीले सन्चालन गरेका थिए । 
 
टेक्सासको पश्चिमी भूभागमा पर्ने लवक शहरमा ३ सयको हाराहारीमा नेपालीहरु रहेका छन् । संख्यात्मक हिसावले सानो देखिएपनि यहाँका नेपालीहरुले उदाहरणीय काम गरेको वताउदै आयोजक संस्था मध्येकै लवक नेपाली समाजका पूर्व अध्यक्ष माधव पाण्डेले सस्थाले अमेरिकादेखी नेपालसम्म गरेका सामाजिक कार्यक्रमको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा गएको भूकम्पदेखी, खानेपानी, विद्यायल निर्माण लगायतका क्षेत्रमा संस्थाले आर्थिक सहयोग गरेको उल्लेख छ । नेपालको भाषा संस्कृति जोगाउने उद्देश्यले हरेक बर्ष नेपाली भाषा कक्षा सन्चालन गरिरहेको यहाँको समुदायले सामुदायिक भवनको लागि जग्गा पनि खरिद गरिसकेको जानकारी यहाँको समुदायकै प्रतिनिधिमूलक संस्था लवक नेपाली समाजका अध्यक्ष डा श्रेष्ठले जानकारी गराए । एकदर्जण व्यक्तिहरु मिलेर खरिद गरिएको जग्गामध्येबाट सामुदायिक भवन निर्माणस्वरुप दुई एकर जग्गा अनुदान सहयोग गर्ने औपचारिक घोषणा गरिएको थियो । 
 
कार्यक्रमका माझ पहिलो व्यक्तिको रुपमा यस समुदायमा वसोवास गरिरहेकी रत्न अधिकारीलाई समुदायको स्थापना कालदेखी निरन्तर सहयोग गरेकोमा सम्मान गरिएको थियो । विदेशी नागरिकसँग विवाह गरेकी अधिकारीले आफ्ना सन्ततीहरुलाई कला,भाषा संस्कृतिमार्फत नेपालसँग जोडेको र आर्थिक सामाजिक हिसावले नेपाली समुदायको हितमा योगदान गरेकोमा उक्त सम्मान गरिएको थियो । उनलाई लवक नेपाली समाजका अध्यक्ष श्रेष्ठको उपश्थितिमा एनआरएन अमेरिकाका अध्यक्ष साहले कदर पत्र हस्तान्तरण गरेका थिए । समाजकै अर्का सदस्य प्रमोद घिमिरेले नेपाली भाषा साहित्य कला संस्कृतिको संरक्षण एवं प्रवद्धनका लागि वालवालिकालाई लक्षित गर्ने उद्देश्यले दुईबर्षका लागि एक हजार अमेरिकी डलर संस्थालाई प्रदान गरेका थिए ।
 
लोकश्रीको पहिलो गीत पहिलो पटक सार्बजानिक 
यसैअवसरमा १० बर्षिया लोकश्री आचार्यले हालै रेकर्ड गरिएको माया किन लाग्छ वोलको गीत प्रस्तुत गरेकीछिन । आफ्नै स्वरमा रहेको यो गीतलाई उनले पहिलो पटक सार्वजानिकरुपमा प्रस्तुत गरेकी हुन् । गएको जुलाईमा नेपालभ्रमणको क्रममा रेकर्ड गरिएको यो गीत मानवता र सेवाभावले ओतप्रोत छ । अहिलेका चर्चित युवा संगीतकर्मी दिपक शर्माद्धारा लेखिएको यो गीतमार्फत लोकश्रीले नेपाली सांगितिक क्षेत्रमा प्रवेश गरेकीछिन । उनको यो गीत यसअघि युटुवमा सार्वजानिक भैसकेको छ । नेपालमा जन्मेर दुईबर्षकै उमेरदेखी आफ्ना मातापिताका साथ अमेरिकाको टेक्सासमा वसिरहेकी उनले गीतसंगीतमा आफ्नो रुचि रहेको वताउछिन । अमेरिकामा रहेपनि नेपाली गीतसंगीतमार्फत जन्मभूमिसँग जोडिने लक्ष्य रहेको उनले सुनाईन । अंग्रजी भाषामा पनि गीत गाउन सक्ने उनले नेपाली वाहेक हिन्दी भाषामा पनि गीत गाउन सक्ने वताउछिन । लेगेसी स्कुलमा अध्ययनरत उनले गीतसंगीत पनि सिकिरहेको उनले खुलाईन । फोटो: रोशन थापा