मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा


काठमाडौँ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग कमिसन मागेको अडियो संवाद सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । 
 
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेपछि सभामुख सापकोटाले सो जानकारी दिएका हुन् ।  
 
प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले उनको राजीनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको बताएका थिए । 
 
सभामुख सापकोटाले सहरी विकासमन्त्रीसमेत रहेका बाँस्कोटाको राजीनामा आइसकेको जानकारी गराउँदै बैठक सञ्चालन गर्न आग्रह गरे पनि काँग्रेसका सांसद् आसनबाट उभिइरहेपछि बैठक आजका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते अपराह्न १ः०० बजे बस्नेछ ।
 
बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । 
 
सेक्युरिटी  प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएलगत्तै आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताएका हुन् ।
 
उनले ट्वीटमा भनेका छन्, “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।”