मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनएको १०० दिनको नेतृत्व ट्वाईलेटमा अल्मलीयो

एनआरएनएको १०० दिनको नेतृत्व ट्वाईलेटमा अल्मलीयो


भोला लामिछाने , यूरोप । गैर आवासीय नेपाली संघको नयाँ नेतृत्व चुनिने प्रक्रिया देखि नै चरम विवाद झेल्दै आएको गैर आवासीय नेपाली संघ कामभन्दा बढी विवादमा तानिदै आएको छ ।
 
गत कात्तिक १ गते सम्पन्न चुनावदेखि हालसम्म आइपुग्दा संघको नयाँ नेतृत्वले सय दिन पूरा गरेको छ । नेतृत्वमा आए लगत्तै सरकारले सम्म चासो नदिएको बिषयमा सबैतिर समन्वय गर्नु पर्ने संघ र यसका अध्यक्ष आफै विदेशस्थित भारतीय दूतावास घेराउ गर्न गएर फितलो नेतृत्व प्रस्तुत गरेको भन्दै आलोचित हुन पुगे ।
जम्मा ५ प्रतिशत प्रवासी नेपालीहरूको पनि प्रतिनिधित्व गर्न नसकेको संस्था एउटा समूहको गुटको संकीर्ण घेरामा अल्झिएर काम गर्नेभन्दा पनि अहिलेसम्म संघले कमाएको साख सिध्याउन लागि परेको आलोचकहरू बताउँछन् ।
 
एक पूर्व पदाधिकारीका अनुसार संघ गैर आवासीय नेपालीहरूको हकहितका लागि काम गर्ने भन्दा पनि मानव तस्कर र माफियाको खेल मैदान बनेको छ ।
कुनै देशको राष्ट्रिय समन्वय समितिमा बदनाम अनुहारहरू सम्बन्धित देशमा निर्वाचन जित्ने त के कुरा जनमत शून्य र हैसियत गुमाएकाहरूपनि मनोनयनमा परेर संघमा इमान्दारी साथ योगदान गर्नेहरुको तेजोबध गर्न लागेको आरोप छ ।
 
संस्थामा एउटा सिन्को पनि नभांची लगातार निर्णय र उर्दीहरू अनि कामका ५० औं लिस्ट बनाएर फेसबुकबाजी गर्ने, आत्मरतिमा रमाउने र कसैसंग सल्लाह नै नगरी बिज्ञप्ति निकाल्ने आरोप महासचिव हेमराज शर्मालाई लाग्ने गरेको छ ।
 
एक सुका पनि खर्च नगरी खुराफत, धोका धडी गर्दै पन्तको खर्चमा चिट्ठा परेर चुनाव जित्न सफल शर्मा खुराफातले नै संसार चल्ने भ्रममा रहेर कामभन्दा बढी उर्दी र सूचना निकाल्न नै व्यस्त रहेको, पन्तलाई काम गर्न दिनेभन्दा यस्तै झिनामसिना कुराहरूमा अल्मल्याउने गरेको आलोचकहरू बताउँछन् ।
 
आन्तरिक सूचना लिक गर्ने, कामै नगरी मान सम्मानका लिस्ट निकाल्ने जस्ता शर्माको छुद्र ब्यबहारले रुस्ट हुँदै गएका संघका ठूला चन्दा दाता र संघको लागि लामो संघर्ष गरेका शुभचिन्तकहरू अध्यक्ष पन्तबाट नै विमुख हुँदै गएका छन् ।
 
पोखरामा फेस टु फेस गर्ने भनिएको बैठकमा पुराना स्थापित नेताहरूले चासो नदेखाए पछि बैठकको कोरम नै नपुगेर फितलो रुपमा ५-७ लाइन संधै भट्याउने लगानी, नागरिकता, लाप्राक भन्दै सक्किएको बैठकका एक सहभागीले बताए ।
 
लाप्राकको बस्ती निर्माण तुरुन्त समापन गरी हस्तान्तरण गर्ने, फ्रीमा संस्थाको सदस्यता वितरण गरेर नेपाल बाहिर चुनाव गर्ने जस्ता सस्ता नारा बेचेर आएका पन्तलाई घाटा रहेको संस्थालाई संचालन गर्न यस्ता हावादारी तर्क र भाषणले सहयोग नहुने एक पूर्व आइसीसी सदस्यको जिकिर छ ।
 
विधान विपरित विज्ञ परिषद् भनि आफूलाई चुनावमा सहयोग गर्नेहरूलाई राख्ने डम्पिङ्ग साइटको रुपमा विकास गरेको मानार्थ सदस्यहरू खुबी र योग्यताको आधारमा भन्दा खुराफात र राजनीतिक प्रतिशोधबाट निर्देशित बनेको आरोप लागेको छ ।
 
पन्त नेतृव लगानी, गैर आवासीय नेपालीहरूका जल्दो बल्दो सरोकारको विषय नागरिकता भन्दा ट्वाइलेटतिर गएर अलमलिन खोजेको परिवेसमा आफूलाई सर्वेसर्वा ठान्ने महासचिव शर्माले पूर्व अध्यक्ष जीवा लामिछानेसंग सल्लाह गरी एकपछि अर्को उर्दी जारी गर्नेगरेको संस्थाका पुराना सदस्यहरू बताउँछन् ।
फिजिक्सको एउटा विषयमा पीएचडी गरेका महासचिव शर्माले संस्थाको पद्दति, नागरिकता कानून, लगानीका विषयमा फेसबुक लाइभमा आएर संस्थाका प्रवक्तालाईसम्म पत्तो नदिई लेक्चर नै दिने गरेकोमा पनि आलोचित बन्न पुगेका छन् ।
 
वर्तमान अध्यक्ष कुमार पन्तले बालुवाटार जग्गा प्रकरणमा आफू महासचिव हुँदा सबै कुरा बुझेर पनि शेष घलेको नेतृत्वको कार्यसमितिलाई उक्त विवादस्पद जग्गा किन्न सचेत गराउने या रोक्नेभन्दा किनाउन भूमिका खेलेको तर हाल आएर शेष घले र उनका टिम सबैलाई बदनाम गर्दै अहिलेको कार्यसमिति पानी माथिको ओभानो हुन खोजेको घले निकट स्रोतले बताएको छ ।
 
कहाँसम्म भने संघका अहिलेसम्मका सबै अनियमितता घले र भवन भट्टले गरेको र राम्रा काम जति सबै आफूले गरेको भन्दै आफ्ना भजनमण्डली प्रयोग गरेर संस्थाका पुराना नेताहरूको तेजोबध गर्न लागि परेको आरोप पनि लागेको छ ।
 
राजनीतिक पार्टीको दैलो दैलो हारगुहार गर्दै चुनाव जित्न सफल भएपछि अन्य राजनीतिक दलमा आस्था राख्नेहरूलाई राजनीमा दिन उर्दी जारी गरेका कारण महासचिव शर्मा विवादमा फसेका छन् ।
 
एमालेका शीर्ष नेतादेखि कांग्रेसका सबै पक्षको निवास धाएर सबैभन्दा धेरै कुरा फिट्नेमा नाम दर्ज गर्न सफल शर्माले जारी गरेको उर्दी सर्प मारेर लट्ठी बिर्सिने गैर जिम्मेवारीपनको रुपमा हेरिएको छ ।
 
नेपालको सत्ता संचालन राजनीतिक दलहरूले गर्ने हुन् । नीतिगत निर्णयहरू, कानून नियम बनाउन दलका नेताहरूको नै भूमिका हुने, चुनाव ताका दलहरू नै चाहिने तर आफूहरूले साम, दाम, दंड, भेदद्वारा निर्वाचन जितेको दावी गरेपछि दलका नेता तथा कार्यकर्ताहरूको तेजोबध गर्ने राजनीति गरेको भन्दै संस्थाबाट निलम्बन गर्ने सम्मका धम्कीपूर्ण वक्तब्य निकाल्ने शर्मालाई अमेरिकानिवासी एक सक्रिय अभियन्ताले आफ्नो अनुहार ऐनामा हेर्न सुझाए ।
कालो धन्दाको रक्षा गर्न पैसाको बलमा संस्था आफनै कठपुतलीहरूको क़ब्ज़ामा राख्न तथा आगामी अध्यक्ष बद्री केसीलाई बनाउन नयाँ अध्याय शुरु भईसकेको र उक्त योजना मुताबिक शर्मा प्रयोग भईरहेको रसिया निवासी एक अभियन्ताले बताए ।
 
ती पूर्व अध्यक्षको अनावस्यक हस्तक्षेपले संस्था स्वतन्त्र हुन नसकेको र गैर आवासीय नेपालीका मुद्दा भन्दा व्यापारी र धनाढ्यको मागी खाने भाँडो बनेको संघलाई नजिकबाट चिनेका पत्रकार राजेन्द्र भट्टले सामाजिक संजालमा पटक पटक लेख्दै आएका छन् ।
महासचिव शर्माको यस्तै अनावश्यक चलखेल कायम रहेसम्म ५० प्रतिशत हाराहारी मत प्राप्त गरेको संघको एउटा तप्कालाई प्रतिसोधका आधारमा अस्तित्व नै स्वीकार नगर्ने, कुनै पनि रुपमा सम्मानजनक रुपमा उपस्थित हुन नदिने , एक्ल्याउने प्रवृतिले संघमा बिस्तारै विभाजनको रेखा कोरिदै गएको संघभित्र तटस्थ विचारकहरूले बताएका छन् ।