मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट चीनमा दुई हजार १६ जनाको मृत्यु, इरानमा पनि देखिए संक्रमित

कोरोना भाइरसबाट चीनमा दुई हजार १६ जनाको मृत्यु, इरानमा पनि देखिए संक्रमित


बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई  हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।
 
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन् ।
 
केही दिनमा यतादेखि यो घटना क्रम जारी रहेको थियो । तर, मङ्गलबार भने एकै दिनमा यस भाइरसको सङ्क्रमणका कारण १३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको छ । 
 
मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई  हजार १६ जना पुग्नुको साथै ७४ हजार १८५ व्यक्ति सङ्क्रमित भएका छन् । 
 
चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले दिएको जानकारीअनुसार यस रोगको सुरुवाती घटनाको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको सुरुबाट ८० प्रतिशतले घटेको छ ।  
 
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले पत्रकार सम्मेलनमा प्रकोपको स्पष्ट तस्बिर दिएको बताएका छन् । 
 
जारी अनुसन्धानअनुसार यस रोगको सङ्क्रमणको दर घट्दो मात्रामा देखिन थालेका बताइएको छ । महानिर्देशक गेब्रियसले अहिले नै सङ्क्रमण दर घट्यो भनेर निष्कर्ष निकाल्नु एकदमै चाँडो हुने पनि बताएका छन् । 
 
वैज्ञानिकले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका कम्तीमा कम्तीमा दुई हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भइसकेको छ ।  
 
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  
 
भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित भएका छन् । 
 
इरानमा पनि दुई जना संक्रमित
 
चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको सङ्क्रमण इरानमा पनि पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमण इरानमा पहिलोपटक दुई व्यक्तिमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको इरानी समाचार संस्था आईएसएनएले उल्लेख गरेको छ ।    
 
स्वास्थ्य मन्त्रालयको उक्त प्रतिवेदनमा ती दुई व्यक्ति कुन देशका नागरिक हुन् भन्नेबारे विस्तृत विवरण भने दिइएको छैन । मन्त्रालयका सूचना केन्द्रका प्रमुख कियानोस जहाँपुरलाई उद्धृत गरी आइएसएनएले भनेको छ,“पछिल्लो दुई दिनमा नयाँ कोरोना भाइरसका केही संदिग्द घटनाहरू पत्ता लागेका हुन् ।”
 
इरानको केन्द्रय प्रान्त कोममा ती बिरामी भेटिएका थिए । उनीहरूलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै अस्पतालको एकान्त कोठामा राखी उपचार सेवा प्रदान गरिएको जोहानपुरले बताए । 
 
चीनमा सङ्क्रमण प्रकोपका रूपमा देखिएपछि इरानले यस पहिले नै विदेशबाट आउने विरामीलाई परीक्षण गर्ने व्यवस्था मिलाएको छ । 
 
कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । 
 
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन् । केही दिनदेखि यो घटनाक्रम जारी रहेको छ । एपी