मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए महासचिव भन्छन् विज्ञप्ति विधान अनुसार नै छ

एनआरएनए महासचिव भन्छन् विज्ञप्ति विधान अनुसार नै छ


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासिय नेपाली संघका महासचिव हेमराज शर्माले राजनीतिक दलका भाृत संगठनको कार्यसमितिमा रहेकालाई एनआरएनएका कुनै पदमा छन् भने राजिनामा दिई जानकारी गराउन अनुरोध गर्दै सार्वजनिक विज्ञप्ति संस्थाको विधान अनुसारनै जारी गरेको दावी गरेका छन् ।
 
यो नयां विषय नभएको आंशिक रुपमा पहिलेदेखिनै लागु हुदैं आएको उनको दावी छ । महासचिवको विज्ञप्तिका कारण विवादहरु आएपछि शर्माले सामाजिक संजाल मार्फत मंगलवार जानकारी सार्वजनिक गरेका हुन् ।
 
उनले यो विषय महासचिवको एकल निर्णय समेत नभएको वताएका छन् । यो बिषय आईसीसीको हालै सम्पन्न पोखरा वैठकमा पनि उठेको उनले जानकारी दिएका छन् ।
 
राजनीतिक दलक भाृत संगठनको कार्यसमितिमा वस्न नपाइने भन्ने नियम आईसीसी र एनसीसी दुवैमा लागु हुने महासचिवले दावी गरेका छन् ।
 
अहिले एनआरएनए वाह्य र आन्तरिक दुवै तर्फ विवादमा फसेको छ । महासचिवको यो विज्ञप्तिको आशय उचित भएपनि गलत समयमा आएको टिप्पणी गरिएको छ ।
 
कतिपयले यो विज्ञप्तिले राजनीतिक दललाई विदेशमा वस्ने नेपालीलाई गुटवद्ध गरी आ आफ्नै संगठन खोल्न उस्काएको आरोप समेत लगाएका छन् । केही दलले यसको प्रारम्भिक अभ्यास पनि गरेका छन् ।
 
यो विज्ञप्ति पछि एनआरएनए कार्यसमितिले हालै गरेका कतिपय नियुक्ती माथि पनि प्रश्न उठेको छ । यदी विधानमा त्यस्तो व्यवस्था थियो भने किन कार्यसमितिले ती व्यक्तिलाई विभिन्न पदमा मनोनयन गर्यो भन्ने प्रश्न कार्यसमिति माथि उठाईएको छ ।
 
एनआरएनए अहिले वालुवाटारमा रहेको केन्द्रिय कार्यालय भवनको जमिनका विषयमा विवादमा छ । १० अर्ब रुपैंयाको कोष वनाएर विभिन्न क्ष्ँेत्रमा लगानी गर्ने योजना वनाएको एनआरएनएलाई यो विवादले समस्यामा पारेका छ ।
 
यस अघि एनआरएनए मर्यादाक्रम तोक्दा यस्तै विवादमा मुछिएको छ । समाजिक संस्थामा मर्यादाक्रम तोक्नुनै कति ठिक हो भन्ने प्रश्न उठेको थियो ।