मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रेम दिवसमा गीतकार बिटुको नयाँ गीत सार्वजनिक

प्रेम दिवसमा गीतकार बिटुको नयाँ गीत सार्वजनिक


यी आँखाले ती आँखालाई हेरिरहन पाए हुन्थ्यो
नछुटोस यी हात संधै यस्तै साथ पाए हुन्थ्यो ….
 
प्रेम दिवसमा एउटा मिठो प्रेमिल सांगीतिक कोसेली दिएकि छिन् मायालु मनहरुलाई , गीतकार बिटु केसीले ।
यो गीत प्रेम दिवसको अवसरमा हिमालयखबरको आधिकारिक वेभसाइट मार्फत यूट्यूबबाट सार्वजनिक गरिएको हो । केसीको यो सुमधुर गीतले स्रोताहरुको मन छुने विश्वास गरिएको छ ।
 
संगीतकार अनिल शाहीको संगीत रहेको यस गीतमा गायक किरण भुजेलको स्वर रहेको छ । भुजेल नेपाल आइडल सीजन तीनका सशक्त दावेदारको रुपमा छन अहिले ।
 
आधामन एल्बमको चौंथो कोसेलीको रुपमा यो गीत बजारमा आएको हो ।
 
यसभन्दा अघि " तिमीले बोले मात्रै पुग्छ यो मनलाई ….." ,
"मायालुको बात मिठो, विताएका साथ मिठो"
र " आधा मन स्वदेशमै यहाँ आधा बाँचेको छु , मुटुभित्र नेपालको माया साँचेको छु …" बोलका गीतहरु सार्वजनिक भइसकेका छन् । " आधा मन " र " यी आँखाले " बाहेक अरु गीत भीडियोसहित सार्वजनिक भएको हो ।
 
आधामन एल्बमबाट अब अर्को अन्तिम मिठो गीत " किन किन तिम्रो माया आकाश आकाश जस्तो लाग्यो …" भीडियो शूट हुने तरखरमा छ । संगीतकार शाहीले हिमालयखबरलाई यो गीत चाँडैनै सार्वजनिक हुने जानकारी दिए । गीतमा सुरिलो आवाज दिएकि छिन् गायिका जीना रसाईलीले ।
 
आधामन एल्बमका सबै पाँच गीतहरुलाई संगीतबद्ध गरेका छन स्ट्रिंग अफ सुल्तान , संगीतकार अनिल शाहीले ।
 
यसैबीच नयाँ वर्ष पारेर गत जनवरीमा " बत्ति निभेको सहर भो जिन्दगी …." एउटा वियोगान्त गीत सार्वजनिक भएको थियो । सो गीतमा चर्चित संगीतकार आलोक श्रीको संगीत र गायिका सुम्निमा लोको मिठो स्वर रहेको छ ।
 
एकै वर्षको अन्तरालमा आधा दर्जन गीतहरु दिएर एउटी उदयीमान गितकारको रुपमा परिचित हुँदै छिन बिटु केसी । प्रवासबाट नेपाली सांगीतिक आकाशमा उनका गीतहरुले आशा लाग्दो उडान भरेको छ ।