मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

नेपाली पाठशालामा दुईसय विद्यार्थी (भिडियो अन्तरबार्ता सहित )

नेपाली पाठशालामा दुईसय विद्यार्थी (भिडियो अन्तरबार्ता सहित )


ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससले आइतबारदेखि सुरु गरेको नेपाली पाठशालामा दुईसय विद्यार्थीहरु भर्ना भएका छन् । यो संख्या नेपाली समाजले टेक्ससमा नेपाली पाठशाला सञ्चालन गरेको एक दशकभन्दा लामो इतिहासमै पहिलो पटक यति ठूलो हो । 
 
आइतबार आयोजना गरिएको विद्यार्थी र अभिभावक ओरियन्टेसन कार्यक्रममा निकै उत्साहजनक सहभागिता थियो । कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले अभिभावकहरुलाई नेपाली भाषा, संस्कृति संस्कारमात्र नभएर आफ्ना पितापुर्खाका धेरै कुराहरु सिक्न आफ्ना बालबालिकाहरुलाई पठाइदिन आग्रह गरे ।
 
यसपटक दुईसय एकजना विद्यार्थीहरु भर्ना भएका छन् । तीन महिनाका लागि ७५ डलर शुल्क तोकिएको पाठशालामा आफ्ना बालबालिकाहरुलाई भर्ना गर्न अभिभावकहरुको यसपटक निकै उत्साहजनक सहभागिता थियो । अघिल्लो पटक नेपाली समाजलेनै सञ्चालन गरेको निशुल्क पाठशालामा भन्दा यसपटक सहभागिता बढी देखिन्थ्यो ।
 
‘हामीसँग लामो अनुभव छ, यसपटक बालबालिकाको मनोभाव बुझ्नुभएका धेरै अग्रजहरुको सुझाव र आवश्यकतालाई मध्यनजर गरेर पाठशाा चलाउँदैछौ’ पाठशाखाका प्रिन्सिपल विजयराज भट्टराईले भने । उनले आफ्ना बालबालिकाले हरेक दिन केही न केही नयाँ कुरा सिकेर जाने भएकोले त्यसमा विश्वास गर्न आग्रह गरे ।
 
उनले विद्यार्थीहरु सफल हुन अभिभावकहरुको पनि ठूलो भूमिका हुने भएकोले पाठशालाले पठाएको फोल्डर खोलेर हेर्न समेत अभिभावकहरुलाई आग्रह गरे ।
 
त्यस अवसरमा नेपाली पाठशाखाका पूर्ब प्रिन्सिपल डा. मुरली अधिकारी, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्याल, नेपाली समाजका उपाध्यक्ष राजेन्द्र वाग्ले लगायतले नेपाली पाठशालाको महत्व र नयाँ नीतिका बारेमा बोल्नुका साथै शूभकामना दिएका थिए । डा. अधिकारीले आफ्ना बालबालिकालाई संस्कार, संस्कृति, भाषा जरुरी रहेकोले समाज त्यतातिर केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए ।
 
यसपटक अभिभावकहरु आफ्ना बालबालिकाले केही सिक्नेमा निकै आशावादी छन् । सँगसँगै उनीहरुमा यति ठूलो संख्यालाई समाजले कसरी व्यबस्थित गरेर पाठशाला सञ्चालन गर्ला भन्ने चिन्ता र चासो पनि देखिएको छ ।