मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाका प्रवक्ता र सल्लाहकार ४५ दिनका लागि निलम्वन

एनआरएनए अमेरिकाका प्रवक्ता र सल्लाहकार ४५ दिनका लागि निलम्वन


हिमालयखवर संवाददाता
अमेरिका– विवादमा परेका गैर आवासिय संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका)का प्रवक्ता ओम भट्टराई माथि सामाजिक संजालमा फेक आईडी बनाएर समाजका विभिन्न व्यक्तिलाई जथाभावी लेख्ने गरेको आरोप लागेका थियो । यो आरोपका वारेमा छानविन गरी प्रतिवेदन नआउंदा सम्म कार्यसमिति बैठकले उनीहरुलाई निलम्बन गर्ने निर्णय भएको हो ।
 
आइतवार बसेको एनआरएनए अमेरिका कार्यसमिति वैठकले वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेको संयोजकत्वमा ५ सदश्य रहनेगरी छानविन समिति गठन गरेको छ । यो समितिलाई ४५ दिन भित्र प्रतिवेदन दिन भनिएको छ । यो समितिको प्रतिवेदन आएपछि उनीहरुका वारेमा निर्णय हुने छ ।  
 
विवादमा परेका भट्टराईलाई एनआरएनए अमेरिका अध्यक्षले कार्यसमितिमा प्रवक्ताका रुपमा मनोनित गरेका थिए । प्रवक्ताको जिम्मेवारी अध्यक्ष र संस्थाको छवी राम्रो बनाउन संचार माध्यमलाई परिचालन गर्ने हो । 
 
एनआरएनए अमेरिकाका आजिवन सदश्य प्रसन्न संग्रौलाले आचरण विपरित काम गर्ने प्रवक्ता र सल्लाहकार मल्ललाई हटाउन लिखित निवेदन दिएका थिए ।
 
यसविषयमा छलफल गर्न आइतवार राती अबेरसम्म एनआरएनए अमेरिका कार्यसमितिको वैठक वसेको थियो ।
 
उक्त वैठक निकै तनावपुर्ण भएको थियो । कार्यसमितिका सदश्य सीपी पौडेलले बोल्दा प्रयोग गरेका शव्द र वाक्यका वारेमा सदश्यहरुले आपत्ति जनाएपछि उनले माफि मागेका थिए । उनले माफी नमाग्दासम्म केही छिन बैठक अवरुद्ध भएको थियो ।  एनआरएनए अमेरिकाले बैठकपछि जारी विज्ञप्तिमा पनि यसलाई संकेत गर्दै संस्थाको गरिमा उच्च राख्न अनुशासन कमिटि गठन गर्न अति आवश्यक देखिएको उल्लेख छ ।
 
बैठकको शुरुमै प्रवक्ता भट्टराईले छानविनको मार्ग प्रशस्त गर्न आफुहरु जिम्मेवारीबाट अलग हुन तयार गरेको वताएका थिए । तर, कार्यसमितिका केही पदाधिकारीहरुले भने एनआरएनए अमेरिकालाई विवादवाट जोगाउन उनीहरुलाई पदवाटै हटाउनुपर्ने माग गरेका थिए ।
 
यो आरोप लाग्ने व्यक्तिको व्यक्तिगत नैतिकताको विषय हुदां निलम्बन गर्ने, छानविन समिति गठन गर्नु नै गलत भएको हुदां यस्ता विषयमा संस्था अल्झिन नहुने कार्यसमितिका सदश्यले वताए । व्यक्तिगत विषयमा संस्थाले यस्तो निर्णय गर्नु हास्यास्पद र करिव ९ हजार सदश्यहरुको हुर्मत लिईएको ती पदाधिकारीले वताए ।