मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनस्थित एक कारखानामा ठूलो बिस्फोट

ह्युस्टनस्थित एक कारखानामा ठूलो बिस्फोट


टेक्सस (अमेरिका)- आज बिहान स्थानीय समय अनुसार ४.१५ बजे नर्थवेष्ट ह्युष्टनमा अवस्थित एक कारखाना ‘वाटसन ग्राइन्डिंग एण्ड म्यानुफ्याक्चरिंग’मा ठूलो बिस्फोट भएको छ। बिस्फोटनमा परेर दुईजनाको ज्यान गएको ह्यस्टनका प्रहरी प्रमुख आर्ट एसभेदोले स्थानीय संचार माध्यमहरुलाई जानकारी गराएका छन्। 
 
बिस्फोटनबाट नजिकका करीब दुईसय घरहरुमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको र यो क्षतिको मात्रा बढ्ने सम्भावना रहेको बताइन्छ। बिहान सबेरै भएको बिस्फोटनले परिपरि बसोवास गर्ने सयौं मानिसहरु प्रभावित भएका छन्। कैयनका घरका छानो, सिलंगहरु झरेका छन् भने झ्यालका सिसाहरु चकनाचुर भएका छन्। 
 
बिस्फोटनमा कोही आपराधिक व्यक्तिको संलग्नता भए नभएको जांच चलिरहेको र क्षतिको विवरण पनि संकलन भैरहेको प्रहरी अधिकारीहरुले जानकारी गराएका छन्।
 
तस्बिर: एविसी १३ ह्युस्टन, सिएनएन