मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका: प्रवक्ता र सल्लाहकारालाई हटाउन कार्यसमिति सदश्यको माग

एनआरएनए अमेरिका: प्रवक्ता र सल्लाहकारालाई हटाउन कार्यसमिति सदश्यको माग


हिमालयखवर संवाददाता-
अमेरिका । गैर आवासिय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका)का वहुमत सदश्यले विवादमा परेका प्रवक्ता र सल्लाहकारलाई हटाउनका लागि आकस्मिक वैठक डाक्न महासचिवसंग आग्रह गरेका छन्  ।
 
कार्यसमितिका १५ जनाभन्दा वढी पदाधिकारी  विवादमा परेका प्रवक्ता र सल्लाहकार हटाउनु पर्छ भन्ने पक्षमा रहेकोे कार्यसमितिका पदाधिकारीले नै जानकारी दिए ।
 
बर्तमान कार्यसमितिले नियुक्त गरेका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्लले सिधा कुरा नामक नक्कली आईडी बनाएर  अमेरिकामा आफुलाई मननपरेका व्यक्ति माथि जथाभावी लेख्ने गरेको आरोप लागेपछि एनआरएनए अमेरिका कार्यसमिति सदश्यले प्रवक्ता र सल्लाहकार हटाउन माग गरेका हुन् ।
 
बुधवार प्रशन्न संग्रौलाले सिधा कुरा मार्फत जथाभावी लेख्ने प्रवक्ता भट्टराई र सल्लाहकार मल्लनै भएको दावी गर्दै फेसबुक मार्फत विवरणहरु सार्वजनिक गरेका थिए ।
 
तर, प्रवक्ता भट्टराईले भने यसको खण्डन गरेका छन् ।  आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आंच आउने गरी आरोप लगाईएको दावी गर्दै प्रवक्ता भट्टराईले आरोप लगाउनेलाई तत्काल माफी माग्न भनेका छन् । होइन भने कानुनी उपचारका लागि अदालत जाने पनि प्रवक्ता भट्टराईले जनाएका छन् ।
 
सिधाकुरालाई अमेरिकामा विभिन्न व्यक्तिका वारेमा जथाभावी व्यक्तिगत र विवादस्पद कुरा लेख्ने गरेको आरोप पहिल्लै देखि लाग्दै आएको थियो । यसका पिडितले सिधाकुराका संचालकको चरित्रमा प्रश्न उठाउंदै फेसबुक मार्फत त्यही शैलीमा जथाभावी लेखेका पनि थिए ।
 
संधै विवादलेग्रस्त एनआरएनए अमेरिकामा वुधवार वेलुका देखि समाजिक संजाल र केही अनलाइनमा प्रशन्न संग्रौलाले सार्वजनिक गरेको विवरणका वारेमा टिकाटिप्णी भईरहेको छ । संग्रौलाले के उद्देश्यले यस्ता विवरण सार्वजनिक गरे यो प्रष्ट छैन ।
 
अमेरिकावाट संचालित अनलाइन इनेप्लिजका विजय थापाले आफ्नो बाइलानमा समाचार लेख्दै अमेरिका जस्तो मुलुकमा नेपालीले मानिसको मल (आची) खचएको भन्दा पनि घृणित काम गरेका छन् भन्ने टिप्पणी गरेका छन् । उक्त समाचारमा नेपालीले आफूले बोकेको कुसंस्कार अमेरिका भित्र्याएर समाजिक संजाल (फेसबुक) मार्फत छद्मभेषीको रुपवाट आफ्नै नेपाली दाजुभाईलाई बद्नाम, तथानाम गाली गैलौच गर्ने काम गर्दै आएका छद्मभेषी नेपालीको पहिचान भएको समाचारमा उल्लेख छ ।
 
महासचिवले एक दुई दिन भित्रै आकस्मिक बैठक डाक्ने आश्वासन दिएको अर्का कार्यसमिति सदश्यले वताए । संस्थाको एउटा गरिमा हुन्छ, समाजिक संस्थामा विवादमा मुछिएपछि बाहिर  बस्नुनै उचित हुन्छ, ती सदश्यले भने यसरी नै सस्था चलाउने हो भने हामी छि छि र दुर दुरको पात्र बन्छौं ।
 
एनआरएनए अमेरिका पहिले भन्दा कमजोर वन्दै गएको अवस्थामा यस्तो विवाद आएको छ । संस्थाको पक्षमा समाजमा सकरात्मक प्रभाव पार्न अध्यक्षले आफ्नो सहयोगका लागि प्रवक्ता नियुक्त गरेका हुन् ।
 
एनआरएनए कार्यसमितिका सदश्यले महासचिवले आकस्मिक वैठक नडाके वा कार्यसमितिका बहुमत सदश्यले निर्णय कार्यान्वयन नगरे अध्यक्ष सुनिल शाह विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सम्मको धम्की दिएका छन् ।
 
हामी ३ सय साधारण सदश्यको हस्ताक्षर सहित अध्यक्ष हटाउन विशेष साधारण सभा माग गर्न  सक्छौ कार्यसमिति सदश्यले भने । संस्थाले विज्ञ भेला र साधारण सभाको हुन भन्दा केही महिना अघि यस्तो विवाद आएको हो ।