मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमसिसी देशकै हितमा छ : अध्यक्ष थापा

एमसिसी देशकै हितमा छ : अध्यक्ष थापा


हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत आर्थिक सहयोग लिई देशको पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् । 
 
उनले एमसिसी सम्झौताले नेपालको स्वाभिमान र स्वाधीनतामाथि खलल नपार्ने बताउँदै विकासविरोधी तत्वहरुले विरोध गरेको बताए ।
 
उनले भने,“ एमसिसी सम्झौता देशको हितमा छैन भन्नु गलत बुझाइको उपज हो ।”
 
राप्रपा निकट ट्रेड युनियनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष थापाले बाग्मती प्रदेश सरकारले सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडि  बढाउन सुझावसमेत दिए । 
 
अध्यक्ष थापाले सत्तारुढ दलका कारण संसद् अवरुद्ध हुनु राम्रो नभएको बताउँदै संसद्को गरिमाको विषय सभामुख चयनमा ढिलाइ गर्न नहुने बताए । 
 
नेकपाको आन्तरिक विवादको असर सदनमा देखिन नहुने बताउँदै उनले सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरूरी रहेको बताए ।