मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कालीको ठुम्का सार्वजनिक

कालीको ठुम्का सार्वजनिक


लुजियाना (अमेरिका )- गायक अजित घिमिरेले हालसालै आफ्नो नयाँ गीत "कालीको ठुम्का" सार्वजनिक गरेको  छन्। 
 
कार्टून क्रुज र भीमफेदी गाइजको बेजोड नृत्य रहेको सो गीतको संगीत तथा रचना पनि गायक स्वयम् घिमिरेले नै गरेका हुन्। भिडियोको निर्देशन निर्मल लामाले गरेका हुन्। यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल आशमा विश्वकर्मालाई कालीको भूमिकामा देख्न सकिन्छ। 
 
आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामा लगायत अरु कलाकारहरुले साथ दिएका छन्।गायक अजित घिमिरेले यस अघि आफ्नो पहिलो सांगीतिक एल्बम "प्रस्तुति" सार्वजनिक गरिसकेका छन्। 
 
संगीतका साधक घिमिरे हाल अमेरिकाको उच्च शिक्षा क्षेत्रमा कार्यरत छन्। उनले लुजियाना स्टेट युनिभरसिटीबाट वातावरण विज्ञानमा विद्यावारिधी गरेका छन्।