मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

गौरीका सिंहलाई कीर्तिमानसँगै स्वर्णपदक

गौरीका सिंहलाई कीर्तिमानसँगै स्वर्णपदक


काठमाडौँ । पौडीबाज गौरीका सिंहले तेह्रौैँ दक्षिण एशियाली खेलकूद ९साग० मा अर्को स्वर्णपदक हात पारेकी छन् । 
 
सातदोबाटोस्थित पौडी पोखरीमा आज भएको खेलमा गौरीकाले ४०० मिटर फ्रिस्टाइलमा निर्धारित दूरी चार मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हासिल गरेकी हुन्  ।
 
उनले भारतकी खेलाडी शिवांगी शर्मालाई पछि पार्दै नेपाललाई स्वर्ण दिलाएकी हुन् । 
 
यससँगै उनले सागको एकै संस्करणमा तीन स्वर्णपदक जित्ने नयाँ कीर्तिमानसमेत कायम गरेकी छन् ।
 
यसअघि उनले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर रिलेमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
 
त्यसैगरी शिवांगीले निर्धारित दूरी चार मिनेट २६.२२ सेकेन्ड समय लगाउँदै पूरा गरिन् ।
 
तेस्रो स्थान हासिल गरेकी श्रीलङ्काकी रामुदी नुदाराले चार मिनेट ४१.९१ सेकेन्डमा दूरी पूरा गरिन् ।