मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोबार

साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोबार


काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर कारोबार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो । 
 
साताभर कूल १७२ कम्पनीको शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर रु एक अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोबार भयो । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखियो । 
 
नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भए । सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । 
 
कूल १६४ कम्पनीका आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरिद बिक्री भए । 
 
मङ्गलबार नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुग्यो । कूल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक ८.७३ अङ्कले बढेर एक हजार १२४.४७ मा पुग्यो । कूल १६९ कम्पनीका नौ लाख ९० हजार २७४ कित्ता शेयर रु ३० करोड ८२ लाख १४ हजार ४६५ मा खरिदबिक्री भए । 
 
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भयो । त्यसदिन नेप्से ७.४५ अङ्कले बढेर एक हजार १३१.९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भए । कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर रु ३५ करोड ८८ लाख ३९ हजार ८६० मा खरिदबिक्री भए । 
 
साताभर नेप्सेमा विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छ्रे बैंकको ऋणपत्र र एनआसी एसिया बैंकको ऋणपत्र सूचीकृत भए ।