मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गीतकार बिटु केसीको ‘आधा मन …’ (भिडियो सहित)

गीतकार बिटु केसीको ‘आधा मन …’ (भिडियो सहित)


आधा मन स्वदेशमै यहाँ आधा बाँचेको छु
मुटु भित्र नेपालको माया साँचेको छु …..
 
'आधा मन स्वदेशमै….'बोलको गीत यूट्यूब मार्फत सार्वजनिक भएको छ । स्वदेशको माया र विदेशको पीडा बोकेको यो गीतले श्रोता, दर्शकको मन जित्न सफल हुनेछ भन्ने विश्वास गरिएको छ ।
 
गीतमा आशिष गुभाजुको सुमधुर स्वर रहेको छ । संगीत – स्ट्रिंग अफ सुल्तानका टाइटल पाएका संगीतकार अनिल शाहीले भरेका हुन । शब्द रचना गीतकार बिटु केसीको हो ।
 
अनिल शाहीको संगीत र बिटु केसीको शब्द रचनामा यस अघि दुई वटा भिडीयो गीत सार्वजनिक भइसकेको छ । जुन  'तिमीले बोले मात्रै के हुन्छ यो मनमा …..' र ' मायालुको वात मिठो , विताएका साथ मिठो …..' बोलको छ । यस मध्ये मायालुको वात मिठो बोलको गीत अत्याधिक मन पराइएको थियो ।
 
सार्वजनिक यो गीत 'आधा मन' एल्बमको शिर्ष गीत हो । अझै बाँकी दुईवटा गीतहरु शीघ्र सार्वजनिक हुने क्रममा छन ।
 
हिमालयखबरको आधिकारीक वेबसाइटबाट यो गीत सार्वजनिक गरिएको हो ।