मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्पेनका लागी दोस्रो राजदूतमा पासांग लामुकी छोरी दावा फुटी शेर्पा ।

स्पेनका लागी दोस्रो राजदूतमा पासांग लामुकी छोरी दावा फुटी शेर्पा ।


यूरोप – प्रख्यात सगरमाथा आरोही स्वर्गीय पासागं लामु शोर्पाकी छोरी दावा फुटी शेर्पाले स्पेनका लागि नेपाली महामहिम राजदूतको रूपमा कार्यभार शुरू गरेकी छिन। 
 
लामो समय अमेरिकामा अध्यन पश्चात मूलुक र प्रबासमा रहनु भएका नेपालीहरूको लागि  नै केही गर्ने र आफूले पाएको शिक्षा र सिप लगाउने उनको सोचले बिस्तारै मूर्तरूप दिने समेत बताएकी शेर्पाले  ‘ भर्खरै आएको छु  , मलाई नेपाल सरकारले बिश्वास गरेर म माथि ठूलो आशा गरेको छ म त्यो आशा र भरोसालाई मर्न दिन्न उनले थपीन् । 
 
स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मूलुक र नेपालीको निम्ति लागि पर्ने छु -‘ प्रबासी नेपालीहरूका समस्या के कस्ता छन ? ती कुराहरुको अध्ययन गरेर अगाडि बढ्ने छु -‘ महामहिम राजदूतले वताईन् ।
 
स्पेनबाट स्पेनीस नागरीकहरूलाई  ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन राजदुताले भुमीका निभाउनु पर्ने देखीन्छ । शेर्पा स्पेनको लागी दोस्रो राजदुत हुन् । पहिलो राजदुत  भरत बहादुर रायमाझी थिए ।