मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एक युवतीलाई सामुहिक बलात्कार पछि हत्या गर्ने समुह मुठभेडमा मारिए

भारतमा एक युवतीलाई सामुहिक बलात्कार पछि हत्या गर्ने समुह मुठभेडमा मारिए


हिमालयखवर संवाददाता
भारत- भारतको हैदरवादमा एक २७ बर्षिय युवतीलाई सामुहिक बलात्कार पछि हत्या गर्ने चार जना आरोपित प्रहरीसंगको फिल्मी शैलीको मुठभेडमा मारिएका छन् ।
 
प्रहरीले घटनाको पुर्ण विवरण तयार गर्न बलात्कार आरोपीलाई घटनास्थलमा लगेको थियो । त्यही वेला प्रहरीको हतियार खोसेर भाग्न खोज्दा मुठभेड भएको प्रहरीको दावी छ ।
 
गत नोभेम्बर २७ सांझ हैदरवादमा भेटनरी डाक्टर २७ बर्षिय युवतीको स्कुटी मर्मत गर्ने वाहनामा बलात्कार भएको थियो । सामुहिक बलात्कार पछि उनको हत्या गरी जलाईएको थियो । उक्त बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । ती चारै जना मारिएका हुन् ।
 
भारतमा बलात्कार ठुलो समस्या वनिरहेको छ । उक्त घटनालाई लिएर भारतमा निकै आक्रोस देखिएको थियो । बलात्कार गर्नेलाई कडा सजाय दिनुपर्ने माग व्यापक रुपमा उठेको थियो । घटनाका आरोपितलाई प्रहरीले मारेकामा हैदरवाद प्रहरीको प्रशंसा गरिएको छ । समाजिक संजाल र संचारमाध्यमलाई दोषीले सही सजाय पाएको भन्दै हैदरवाद प्रहरीको प्रशंसा गरिएको छ । बलात्कार हुने युवतीका परिवारले आफुहरुलाई न्याय मिलेको भन्दै सरकार र प्रहरीलाई धन्यवाद दिएका छन् । तर, यो मुठभेड सत्य तथ्यका वारेमा प्रश्नहरु पनि उठेका छन् ।
 
बलिउड फिल्मी शैलीमा भएको यो भुठभेड कति सत्य हो भन्ने प्रश्न उठेको हो । कानुनतह ओरोपितलाई अदालतमा प्रस्तुत गरिनु पर्छ ।
 
गत २७ नोमेम्बरको राती उक्त बलात्कारको घटना भएको थियो । मदिरा सेवन गरेका ती अभियुक्तले २७ बर्षिय भेटनरी डाक्टरले स्कुटी पार्क गरेको देखेका थिए । त्यस पछि बलात्कार गर्ने उद्देश्यले उनको स्कूटीको हावा निकालेका थिए  । महिलाको स्कुटी ठिक गर्ने वाहनामा ती चारजना युवकले मोलाइल लुटेर बल प्रयोग गरी महिलालाई पालै पालो बलात्कार गरेका थिए । बलात्कार पछि घाटी अठ्याएर उनको हत्या गरिएको थियो । हत्या पछि ती युवकले घटनास्थल भन्दा २५ किलोमिटर घाटा लासलाई तेल छर्किएर जलाएका थिए । विहान स्थानियले जलेको लास देखेपछि प्रहरीलाई खवर गरेका थिए । तस्बिर: सामाजिक संजाल