मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोका गभर्नर जेरार्ड पोलिस सुटुक्क नेपाल पुगेर फर्किए

कोलोराडोका गभर्नर जेरार्ड पोलिस सुटुक्क नेपाल पुगेर फर्किए


कोलोराडो (अमेरिका) – कोलोराडो राज्यका गभर्नर जेरार्ड पोलिस केही दिन अघि सुटुक्क नेपाल पुगेर फर्किएका छन् । अमेरिका र नेपाल विच लगानी र व्यापार विस्तार गर्ने एजेण्डा लिएर पोलिस नेपाल पुगेका थिए । उनीसंग कोलोराडोका केही कम्पनीका वरिष्ठ अधिकारीहरु पनि सहभागि थिए ।
 
गभर्नर पोलिसको समुहको भ्रमणको संयोजन हेल्पिगं ह्याण्डका अध्यक्ष नायारण श्रेष्ठले गरेका थिए ।
 
कोलोराडो नेपाली समुदायको उल्लेख्य वस्ती रहेको राज्य हो । नेपाल घुम्ने जाने पर्यटकमा कोलोराडोका नागरिकको संख्या पनि उल्लेखनिय छ । रक्की माउण्टेन पर्वतमालामा पर्ने कोलोराडो नेपालमा जस्तै डाडां कांडा छन् । यहां हाइकिंग, जाडोमा स्की गर्न पर्यटक आउंछन् ।
 
नेपालमा गभर्नर पोलिसको भ्रमणको कार्यतालिका काठमाडौ स्थित अमेरिकी दुतावासले नियन्त्रण गरेको थियो । काठमाडौ स्थित अमेरिकी राजदुत र्याण्डी वेरीको गृहराज्य पनि कोलोराडोनै हो । राजदुत वेरीले नै काठमाडौमा गभर्नर पोलिससंग नेपाली पक्षको भेटघाटको व्यवस्था गरेका थिए ।
 
भ्रमणमा सहभागी श्रेष्ठका अनुसार तीन दिन दुई रात नेपाल बसाईको क्रममा पोलिसले नेपालका उद्यमी व्यवसायीसंग छलफल गरेका थिए । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगायत थुप्रै उद्यमी व्यवसायीलाई पोलिसको समुहले भेटेको थियो ।  नेपालमा रहंदा उक्त टोलीले जलस्रोत विज्ञ र प्राविधिकहरुसंग पनि उक्त टोलीले भेटेको थियो ।
 
पोलिससंग गएको टोलीमा कोलोराडोमा विद्युत आपूर्ति गर्ने एक्सल इनर्जीका निर्देशक, यूनिभर्सिटी अफ कोलोराडोका अनुसन्धानकर्ता लगायतको पनि सहभागीता थियो । नेपालको कर्णालीमा जलस्रोतको लाइसेन्स पाएको एउटा नेपाली समुहसंग पनि त्यसवेला छलफल भएको थियो ।
 
गभर्नर जेरार्ड पोलिस नेपाल समुदायसंग पनि निकट छन् । चुनावमा नेपाली समुदायले पोलिसलाई सहयोग गरेको थियो । पोलिस गभर्नर हुनु अघि कांग्रेस सदश्य सांसद थिए । डेनभर नजिक बोल्डरका पोलिस कांग्रेस सदश्य हुदां नेपाल ककस समुहका सहसंयोजक थिए । बोल्डर सिटी र काठमाडौ महानगरपालिका विच भागिनी सम्वन्ध छ ।
 
अमेरिकाले नेपालको जलस्रोत क्षेत्रको विस्तारका लागि ठुलो अनुदान सहयोग गरेको छ । एमसीसी अन्तर्गत हाल अमेरिकाले नेपाललाई करिव ५० अर्ब रुपैंया अनुदान सहयोग दिएको छ । यो सहयोगको मुख्य हिस्सा विद्युत ट्रान्समिशन लाइन विस्तारमा खर्च हुदैं छ ।  
 
पोलिसले अमेरिकामा नेपालीको पक्षमा लविगंका लागि सहयोग गर्दै आएका छन् । यो भ्रमण पछि वासिंटन स्थित नेपाली राजदुत डा अर्जुन कार्कीले पोलिसलाई कोलोराडोमा भेटेका थिए । पोलिसले कोलोराडोमा नेपालको पर्यटन र व्यापार प्रवद्र्धनका लागि एउटा कार्यलय राख्ने प्रयास गरिरहेका छन् ।
 
हेल्पिगं हेण्डका अध्यक्ष श्रेष्ठले आफ्नो संस्था मार्फत नेपालको संखुवासभामा विभिन्न समाजिक कार्य गर्दै आएका छन् । लामो समय देखि कोलोराडोमा वस्दै आएका श्रेष्ठकै सकृयतामा काठमाडौ र बोल्डर शहर विच सम्वन्ध कायम भएको थियो ।
 
नेपालको छोटो भ्रमका क्रममा पोलिसले प्रधानमन्त्री लगायत सरकारी अधिकारीहरुसंग पनि भेटघाट गरेनन् । काठमाडौ स्थित दुतावासले डाकेका व्यक्ति र व्यवसायीलाई मात्र उनले भेटेका थिए । नेपाल भ्रमणका क्रममा पोलिस याक एण्ड यती होटलमा वसेका थिए । त्यस पछि भारत पनि भ्रमण गरेका थिए ।