मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएमा गुमनाम हुँदै पूर्वअध्यक्ष भवन भट्ट

एनआरएनएमा गुमनाम हुँदै पूर्वअध्यक्ष भवन भट्ट


हिमालयखवर संवाददाता
काठमाडौँ- गैर आवासिय नेपाली संघ (एनआरएनए)मा नयां नेतृत्व आएपछि पुर्व अध्यक्ष भवन भट्ट गुमनाम जस्तो देखिएका छन् । त्यस यता एनआरएनएमा उनको सकृयता कम भएर गएको छ ।
 
करिव डेढ महिना अघि एनआरएनएमा नयां कार्यसमिति आएको थियो । अध्यक्षका रुपमा प्रत्यक्ष साता केही न केही सार्वजनिक कार्यक्रममा देखिने भट्ट पुर्व अध्यक्ष भएपछि निष्कृय जस्तो देखिएका छन् ।
 
पछिल्लो पटक होटल हायातमा भएको विश्व सम्मेलनका क्रममा आएका विवाद, व्यवसायीक दवाव लगायतले भट्टको लोकप्रियता भने घटेको छ । मदिरा सेवनका कारण जहाजमा उड्न नदिएको घटना सार्वजनिक भएपछि भट्टको लोकप्रियतामा कमी आउन थालेको थियो । यो हायात सम्मेलनमा पनि देखिएको थियो ।
 
हायात सम्मेलनको व्यवस्थापन पक्ष निकै कमजोर भएकाले पनि भट्टलाई हानी पुगेको थियो । उक्त सम्मेलनमा विभिन्न प्रकारले विवादस्पद मात्र भएन, प्रधानमन्त्रीको मुख्य आतिथ्यमा गर्ने भनिएको समापन समारोह रद्द भयो ।
 
उक्त सम्मेलनले एनआरएनएको हरहिसाव समेत स्विकृत नगरी सकिएको थियो । विश्व सम्मेलन एनआरएनएका मुद्दामा भन्दा चुनावमै वढी केन्द्रित थियो ।  सहभागीता पनि त्यस्तै थियो ।
 
समापन कार्यक्रम रद्द गरिएको कार्यक्रममा डाकिएका कतिपय अतिथिहरुलाई जानकारी नै गराईएको थिएन । समापन समारोह एक दिन पछि एनआरएनए भवनमै भएको थियो ।
 
यो सम्मेलनको व्यवस्थापनको कमजोर भएकाले पनि भट्टलाई हानी गरेको छ । त्यहां सहभागी अधिकांशको भनाई थियो व्यवस्थापन यस्तो हुनुहुदैनथ्यो ।
 
यसवाहेक भट्ट व्यवसायलाई व्यस्थित संचालन गर्नु पर्ने दवावमा पनि छन । नेपालमा उनले लगानी गरेका अधिकांश व्यवसाय नोक्सानमा छ ।
 
अहिलेको कार्यसमितिले पनि भट्टलाई खासै महत्व नदिएको एक जना पदाधिकारीले वताए ।
 
निकै महत्वकांक्षी परियोजना बीवी एयरलाइन्स भट्टले चलाउन सकेनन् । करिव ४० करोड रुपैंया लगानी रहेको धुलिखेल माउण्टेन रिर्सोटपनि राम्रोसंग चल्न सकेको छैन । भट्टले नेपालमा लगानी गरेका अन्य व्यवसायपनि नाफामा छैनन् ।
 
जापानमा भने आफ्नो व्यवसाय निकै सफल रहेको भट्टको दावी छ । २ बर्ष अघि भट्टले विदेशमा सवैभन्दा वढी कारोवार गर्ने व्यवसायी रहेको दावी गरेका थिए ।
 
भट्ट कोषाध्यष, दुई पटक उपाध्यक्ष भएर एनआरएनएमा अध्यक्ष भएका थिए ।