मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

ज्ञानेन्द्र गदालको राष्ट्रिय गीत दुष्ट पाइला दिन प्रतिदिन भाइरल हुदै (भिडियो सहित)

ज्ञानेन्द्र गदालको राष्ट्रिय गीत दुष्ट पाइला दिन प्रतिदिन भाइरल हुदै (भिडियो सहित)


मातृ भुमी नेपालका विभिन्न स्थानका सीमा क्षेत्र अतिक्रमण बढ्न थालेपछि कालfकारहरूले एक जुट भएर छिमेकी देशहरूलाई गीत संगीतका माध्यमबाट सचेत गराएका छन् ।
 
गीतकार तथा सहित्यकार ज्ञानेन्द्र गदालको रचना युवा सगीतकार चेतन सापकोटाको संगीतमा तयार पारिएको राष्ट्रिय गीतमा लोकप्रिय गायक यम बराल र रीता गुरागाईंले स्वर दिएका छन् ।  युवाको रगत उमाल्ने खालका शब्दहरू चयन गरी रचना गरिएको राष्ट्रिय गीत सुन्दा साच्चै शरिरमा कांडा उम्रने खालको छ  ।
 
  पछिल्लो समय देशमा बढेको सीमा विवाद र भारतले नेपालीभूमिलाई आफ्नो नक्साभित्र राखेको प्रति आपत्ति जनाउदैं गदालले  तिम्रो दुष्ट पाइला अब टेक्न नखोज भनेका छन् ।
 
ब्यक्तिगत स्वार्थको लागी विभिन्न समयमा छिमेकी राष्ट्रहरूसँग सम्झौता गर्नेहरूलाई चेतावनी दिदैं , गीतमा अब सीमा क्षेत्रमा काँडे तार बाध्नुपर्दछ भन्ने संन्देश दिन खोजिएको छ ।
 
नेपालको बिभिन्न क्षेत्रका सीमा अतिक्रमित स्थानकाे तस्बिर तथा बिभिन्न स्थानमा भएका विरोध जुलुसका दृश्य समेटिएको गीतको भिडियोमा नेपालका चर्चित  कलाकारहरू निर शाह, शम्भुजीत बाँस्कोटा , बसुन्धरा भुसाल, भुवन चन्द, दिपकराज गिरी, दीपाश्री निरौला, आकाश अधिकारी, कोमल वली , यम बराल, चेतना सापकोटा, निर्मल शर्मा, किरण केसी, रमेश खरेल लागायतको अभिनय रहेको छ।
 
मदन घिमिरेको छायाँकनमा तयार गीतमा लिम्पियाधुरा, लिपुलेख , कालापानी लगायतका सम्पूर्ण अतिक्रमित भुमी सबै मिलेर फिर्ता गर्नु पर्दछ  भन्ने संदेश रहेको गीत दिन प्रति भाइरल हुदै गएको छ ।
 
 हाल अमेरिकाकाे काेलाेराडाे स्टेडमा रहेका गीतकार ज्ञानेन्द्र गदालले गीत संगीतकाे माध्यमबाट सिमा अतिक्रमणकाे संदेश बिश्वभर फैलाउन तथा अतिक्रमित भुमी फिर्ता गराउन दवाव दिने उद्येश्यले गीतकाे रचना गरेकाे बताएका छन् ।
 
 
सिमाना नमिच
सिमानामा हाम्रो माटो मिच्न नखोज
छिमेकीलाई जथाभावी थिच्न नखोज ।
लिम्पियाधुरा लिपुलेक र कालापानी माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
।।
विश्वभरि मानवताको रक्षा गर्ने हामी
वीरताको नाम कमाइ चम्किएका हामी
गोर्खालीको सन्तति हौँ सबैका हौँ मित्र
गिद्धे दृष्टि पर्न दिन्नौं, मेची९काली भित्र ।
सुर्यलाई हत्केलाले छेक्न नखोज
हाम्रो माटो आफ्नो पारि चेप्न नखोज
ताप्लेजुङ्गको फाटक अनि, टनकपुर माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
।।
कसले दियो तिमीलाई, हाम्रो कालापानी
तिम्रो नक्शाभित्र किन, पार्यौ जानी
बेच्ने को हो तिनलाई पनि, नाङ्गेझार पार्छौं
आफ्नो देशको सिमानामा काँडेतार बार्छौं ।
नेपालीलाई बिना कारण हेप्न नखोज
हाम्रो माटो हडेपेर जोत्न नखोज
सुस्ता, महेशपुर अनि, मानेभंज्यांग माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
।।
हिमाल पहाड तराइ मधेश सबै उठ्नुपर्छ
देशको सीमा जोगाउन हामी जुट्नुपर्छ
बर्षौं देखि मिचिएको हाम्रो देशको माटो
एक९एक हिसाब गरि सबै फिर्ता लिन्छौं ।
सिमानामा हाम्रो माटो मिच्न नखोज
छिमेकीलाई जथाभावी थिच्न नखोज ।
लिम्पियाधुरा लिपुलेक र कालापानी माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।