मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

जलवायु अभियन्ता ग्रेटा थनवर्गले ५९ लाखको पुरस्कार अस्वीकार गरिन्

जलवायु अभियन्ता ग्रेटा थनवर्गले ५९ लाखको पुरस्कार अस्वीकार गरिन्


स्विडेनकी किशोरी जलवायु अभियन्ता ग्रेटा थनवर्गले सन् २०१९ को 'नर्डिक काउन्सिल'को वातावरणीय अवार्ड लिन अस्वीकार गरेकी छन्।
 
यो अवार्डमा पाँच लाख स्विडिस क्रोना (करिब ५९ लाख रूपैयाँ) नगद पुरस्कार समेत समावेश छ। तर ग्रेटाले यो पुरस्कारको साटो जलवायु अभियानको खाँचो भएको भन्दै अस्वीकार गरेकी हुन्।
 
'राजनीतिज्ञहरू र शक्तिमा भएकाहरूले पुरस्कार दिनुभन्दा जलवायुको समस्या समाधानका लागि उपलब्ध उत्कृष्ट 'विज्ञान'को बारेमा सोच्नुपर्‍यो,' उनको भनाइ उद्धृत गर्दै द वायरले लेखेको छ।
 
१६ वर्षीया ग्रेटा चर्चामा आएको धेरै समय भएको छैन। उनको जलवायु परिवर्तन अभियान २०१८ अगष्ट २० गतेदेखि सुरू भएको थियो। सुरूमा उनले स्विडेन संसद अगाडि हरेक शुक्रबार विद्यालय नगई धर्नामा बसेकी थिइन्। उनको एक्लो आन्दोलनले विश्वभरिका लाखौं जनताहरूलाई जलवायु परिवर्तनबारे लड्न र नेताहरू समक्ष पुर्याउन प्रेरणा दिएको बताइएको छ। 
 
उनले राइट लाइभ्लिहुड अवार्ड (अल्टरनेटिभ नोबेल) पनि पाइसकेकी छन्। तत्काल देखिएको जलवायु परिवर्तन समस्या सावधान गर्ने राजनीतिक मागलाई वैज्ञानिक तथ्यका आधारमा प्रेरणा र प्रवर्द्धन गरेबापत उनलाई पुरस्कृत गरिएको थियो।
 
उनी विश्व शान्ति नोबेल पुरस्कारका लागि पनि मनोनित भएकी थिइन्।