मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेताको घर धाउने प्रवृत्तिको अन्त्य हुन्छ : मन्त्री कार्की

नेताको घर धाउने प्रवृत्तिको अन्त्य हुन्छ : मन्त्री कार्की


झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आगामी हिउँदे अधिवेशनमा प्रदेशको प्रहरी ऐन बनाइने बताएका छन् । 
 
आज झापाको चन्द्रगढीमा ‘संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले प्रदेश ऐन बनेपछि प्रदेशको शान्ति, सुरक्षा सोही बमोजिम हुने बताए ।
 
हालसम्म प्रदेश सरकारले ४१ कानून बनाइसकेको मन्त्री कार्कीले बताए । उनले अब बन्ने प्रहरी ऐनमा कार्यक्षमताका आधारमा सरुवा, बढुवा र पदक प्राप्तिको प्रष्ट व्यवस्था हुने उल्लेख गरे । 
 
“सोर्सफोर्सको आधारमा प्रहरीलाई राम्रा ठाउँमा सरुवा गरिने परिपाटी अत्यन्त गलत छ”, मन्त्री कार्कीले भने, “प्रदेशको प्रहरी ऐन बनेपछि बढुवा र पदकका लागि नेताको घर धाउने प्रवृत्तिको पनि अन्त्य हुनेछ ।”
 
संविधानअनुसार बनेका सरकारका मन्त्री र स्थानीय तहका जनप्रतिनिधिलाई संविधान नमान्ने छुट नभएको उनको भनाइ थियो । मन्त्री कार्कीले जनताले गरेको शान्तिपूर्ण विरोध र आलोचनालाई रोक्ने र छेक्ने काम नगर्नसमेत आग्रह गरे । 
 
उनले त्यही संविधानको आधारमा निर्वाचित हुने, तलबभत्तालगायत सुविधा लिने, गाडी चढ्ने र झण्डा हल्लाउँदै संविधानको विरोध गर्ने जोकोहीलाई छाड्न नहुने बताए । 
 
कार्यक्रममा संविधानविद् तथा अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संविधान मुलुक बनाउने आधार भएको हुँदा गाउँ बस्तीसम्म पुगेर संविधानबारे जनतालाई बुझाउन अझै पनि सरकार र राजनीतिक दलले नसकेको बताए । 
 
उनले स्थानीय तहले ऐन मात्र बनाएर कार्यविधि नबनाई काम गर्दा कतिपय स्थानमा समस्या आएको बताए । संविधान तथा राष्ट्रिय दिवस जिल्ला समारोह समितिको आयोजनामा भएको उक्त अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले गरका थिए ।